भारत प्रशासित काश्मिरमा हिंसा, तीनको मृत्यु

भारत प्रशासित काश्मिरमा हिंसा, तीनको मृत्यु

काश्मिर : भारत प्रशासित काश्मिरमा बिहीबार बिहानै सुरक्षा फौजसँग हतियारधारी समूहको भीषण भिडन्त भएको समाचार छ । सो भिडन्तमा परी कम्तीमा पनि तीन जना हतियारधारीको ज्यान गएको छ । थुप्रै घाइते भएका र दर्जनौँ सशस्त्र व्यक्ति भागेको जनाइएको छ ।

भारत प्रशासित काश्मिरबाट पछिल्ला केही दिनयता तनाव बढेको बताइएको छ । यस क्रममा केही दिनयतादेखि हतियारधारी समूहका व्यक्ति र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन् ।

भारत प्रशासित काश्मिरको पुल्वामा जिल्लाको काकापोला गाउँमा बिहीबार बिहानीपख गस्तीमा खटिएका सरकारी सुरक्षाकर्मीहरुसँग व्यापक भिडन्त भएको भारतीय प्रहरीले जानकारी दिएको छ । प्रहरीका अुनसार सो भिडन्तका कारण घाइते भएका केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल भर्ना गरेको छ ।

मारिनेमा हतियारधारीहरु लस्कर ए तोएबा नामक सशस्त्र संगठनमा आबद्ध रहेका बताइएको छ । यसअघि पनि गतहप्ता मात्र सोही क्षेत्रमा भएको यस्तै भिडन्तमा परी उक्त संगठनका एकजना कमाण्डरको ज्यान गएको भारतीय प्रहरीले जनाएको थियो ।

श्रीनगरबाट करिब ५० किलोमिटर दक्षिणमा पर्ने सो गाउँमा गस्तीमा रहेको भारतीय सेना र प्रहरीको संयुक्त टोलीमाथि गोली चलाइएको थियो ।

रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.