नेपालगन्जमा प्रचण्डलाई २५ किलोको माला

नेपालगन्जमा प्रचण्डलाई २५ किलोको माला

नेपालगन्ज : पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगन्जलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन सकिने बताउनु भएको छ।

नेपालगन्ज उपमहानगरपालिकामा बिहीबार आयोजित माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालगन्जबासी पहल गरेमा प्रदेश राजधानी नहुनु नपर्ने कारण नरहेको बताउनु भयो।

उहाँले राजधानीको लागि नेपालगन्जवासीको पहलको आवश्यकता रहेको समेत बताउनु भयो। प्रचण्डले नेपालगन्जलाई महानगर बनाउन पहल गर्ने आश्वासन समेत दिनु भएको छ।
‘अहिले नै विराटनगर र वीरगन्ज सँगै नेपालगन्जलाई महानगर बनाउने हाम्रो सोच थियो तर पूर्वाधारको समस्या देखियो’, प्रचण्डले भन्नुभयो।
अध्यक्ष दाहालले नेपालगन्जको विकासमा आफूले अभिभाकत्वको ग्रहण गर्न तयार रहेको बताउनु भयो। उहाँले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपछि आफूहरुलाई अभिभावक बिहीन नसम्झन समेत आग्रह गर्नु भएको छ।

उहाँले सौतेनी व्यवहार हुन्छ कि भन्ने चिन्ता नगर्न नेपालगन्जवासीलाई आग्रह गर्न भएको छ। । उहाँले केन्द्रमा सिधै सम्पर्क हुने नेता भएन भनेर चिन्ता नगर्न आग्रह गर्नुभयो । ‘टुहुरो जस्तो भइयो। सैतेनो व्यवहार हुने हो कि भन्ने चिन्ता रहेको पाएँ। तपाईहरुको अभिभावकत्व म ग्रहण गर्नेछु,’ उहाँले भन्नुभयो।

माओवादीका मेयरका उम्मेदवार दामोदर आचार्यसँग आफ्नो ‘हटलाइन’ सम्पर्क रहेको बताउदै अध्यक्ष दाहालले ‘दामोदरजीमार्फत् नेपालगन्जमा हुने गतिविधिमा सिधै सहयोग गर्नेछु। प्रचण्ड प्रत्यक्ष रुपमा तपाईहरुको साथमा छ। विकास निर्माणमा हेडक्वाटर र सरकार साथमा छ।’ उहाँले मुलुकले आर्थिक विकासको गति लिएको बताउनु भयो।

उहाँले नेपालगन्जलाई पश्चिम नेपालको आर्थिक केन्द्रबिन्दु बनाउने आश्वासन दिदै भन्नुभयो, ‘विशेष आर्थिक क्षेत्र, पर्यटन हब बनाउने पहल गर्ने छौँ।’

मेयरका उम्मेदवार दामोदार आचार्यले आफ्ना चुनावी प्रतिबद्धता व्यक्त गर्नुभयो। विहीबार नै प्रचण्डले बाँकेको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका चुनावी सभाहरुलाई सम्बोधन गर्नु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.