गृहमन्त्रीले सत्ताको दुरुपयोग गरेको एमाले महासचिवको आरोप

गृहमन्त्रीले सत्ताको दुरुपयोग गरेको एमाले महासचिवको आरोप

विराटनगर : एमाले महासचिव ईश्वर पोखरेलले गहृमन्त्री जनार्दन शर्माले निर्वाचन आचारसंहिता विपरित निर्वाचन प्रचारमा सक्रिय भएर सत्ताको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ।

विराटनगरमा बिहीबार पत्रकारसँग कुरा गर्दै पोखरेलले सरकारका जिम्मेवार व्यक्तिले नै शक्ति दुरुपयोग गर्नु आपत्तिजनक रहेको बताउनुभयो।

‘गृहमन्त्री सत्ताको बल बाँधेर निर्वाचन प्रचारमा लाग्नु भएको छ,’ पोखरेलले भन्नुुभयो, ‘द्वन्द्वपीडितलाई राहत दिने नाममा र विभिन्न मन्त्रालयमा बजेट रकमान्तरण गर्ने बहानामा पनि निर्वाचन आचारसंहिताको ठाडो उल्लघंन भएको छ।’

उहाँले दोस्रो चरणको निर्वाचन निर्धारित समयमै हुनुपर्छ भन्नेमा एमाले अडिग भएकै कारण तोकिएकै मितिमा निर्वाचन हुने निश्चित भएको पोखरेलको दाबी छ।

महासचिव पोखरेलले सरकारले २ नम्बर प्रदेशमा जनताको भावना विपरित निर्वाचन मिति सारेको भन्दै आपत्ति जनाउनु भएको छ।

‘प्रदेश नम्बर २ का जनता भोट हालेर आप्mना प्रतिनिधि छान्न अतुर थिए तर सरकारले मिति सारेर जनताको अधिकारमाथि हस्तक्षेप गरेको छ,’ नेता पोखरेलले भन्नुभयो।

सरकारले राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउने नाममा चुनाव सारेर मधेसी जनताको अधिकारमाथि हस्तक्षेप गरेको आरोप समेत पोखरेलले लगाउनु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.