विद्रोही सैनिकको अन्त्येष्टि कार्यक्रममा गोली चल्यो, एकको मृत्यु

विद्रोही सैनिकको अन्त्येष्टि कार्यक्रममा गोली चल्यो, एकको मृत्यु

भारत : भारत अधिनस्थ काश्मिरमा एक अन्त्येष्टि कार्यक्रममा जम्मा भएका सर्वसाधारणको माझ प्रहरीले गर्नुपरेको गोली प्रहारबाट एक सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य दर्जनौ घाइते भएका छन्।

अन्त्येष्टि सैनिकसँग रातभरी गरेको भिडन्तमा मारिएका तीन विद्रोहीको थियो। सो अन्त्येटिमा हजारौको सङ्ख्यामा गाउँलेहरु जम्मा भएका र भारतीय शासकको विरोधका नारावाजी गरेका थिए। त्यस क्षेत्रका प्रहरी निर्देशकले प्रहरी र प्रदर्शनकारीबीच भएको दोहोरो गोली हानाहानमा एक प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गर्नु भएको छ।

प्रहरीतर्फबाट आक्रोसित भिडलाई तितर बितर पार्नको गरिएको गोली प्रहारमा परी दर्जनौ व्यक्ति लागि घाइते भएका अर्का एक प्रहरी अधिकारीले नाम नबताउने शर्तमा बताएका छन्। सयौँ स्थानीय वासिन्दाले आफ्नो घरबाट सैनिकमाथि ढुङ्गा प्रहार गरेपछि त्यहाँबाट आतङ्ककारी भाग्न सजिलो भएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन्।

हातहतियार खोजी कार्यको क्रममा ती आतङ्ककारी मारिएका सैनिक प्रवक्ता कर्नेल राजेश कालियाले बिहीबार बिहान सवेरै बताउनु भएको छ। भारत अधिनस्थ प्रमुख सहर श्रीनगरबाट करिब ३० किलोमिटर दक्षिणमा पर्ने काकापोरामा लुकेर बसेका आतङ्ककारी आश्रयस्थलमा हाततियार खोजी कार्य भएको जनाइएको छ।

सन् १९४७ मा बेलायतको उपनिवेशबाट छुट्टिएर दुई भागमा विभाजन भएका भारत पाकिस्तान दुबैले काश्मिर क्षेत्रलाई आफ्नो भनि दावी गदै आएको छ। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.