पाँचथरबाट विप्लवका पाँच कार्यकर्ता पक्राउ

पाँचथरबाट विप्लवका पाँच कार्यकर्ता पक्राउ

फिदिम : चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै पाँचथर प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच कार्यकर्तालाई पक्राउ गरेको छ।

बिहीबार जिल्लाका विभिन्न स्थानमा चुनाव विथोल्ने योजना बनाइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनुभयो।

पकाउ पर्नेमा ताप्लेजुङ साब्लाखुका मुस्कान लिम्बू, फाल्गुनन्द ५ का जितबहादुर चेम्जोङ, धनकुटा पाख्रिबास ३ का संघर्ष परियार, फाल्गुनन्द ४ का विजय नेम्बाङ र फाल्गुनन्द ५ का कविराज चेम्जोङ छन्।

चु्नाब विथोल्ने योजना बनाइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। उनीहरुलाई थप अनुसन्धान गरी सार्वजनिक मुद्दा दर्ता गर्ने प्रहरीको भनाइ छ।

असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई प्रहरीले पक्राउ गर्दै आएको छ। चुनाव विरोधी गतिविधि गर्ने कसैलाई पनि नछोड्ने प्रहरी निरीक्षक बस्नेतको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.