शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल एक घन्टा ठप्प

शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल एक घन्टा ठप्प

काठमाडौं : शुक्रबार दिउँसो एक घन्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपमा ठप्प हुने भएको छ। विमानस्थल कार्यालयले संकटकालीन योजना सम्बन्धी पूर्णकालिन अभ्यासका सञ्चालनका लागि दिउँसो ४ बजेदेखि ५ बजेसम्म विमानस्थल बन्द गर्न लागेको हो।

आत्कालीन समस्या समाधानका लागि सुरक्षा अपनाउनका निम्ति विमानस्थल कार्यालले एक घन्टा विमानस्थल बन्द गरेर अभ्यास गर्न लागेको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अभ्यासको सिलसिलामा सर्वसाधारणले विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको मुस्लो देख्ने सक्ने बताएको छ। उक्त समयमा विमानस्थलमा दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा गतिविधिमा तिव्रता आएको देख्न सकिने छ।

विमानस्थल कार्यालयले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको बताएको छ।

विमानस्थल कार्यालयले उक्त अवधिमा हुने धुवाको मुस्लो, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीको दौडधुप नियमित अभ्यसाका लागि मात्र हुन लागेको समेत सर्वसधारणलाई जानकारी गराएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.