राजपा नेताहरूको स्पष्टोक्ति : हैकम जोगाउन निर्वाचनमा

राजपा नेताहरूको स्पष्टोक्ति : हैकम जोगाउन निर्वाचनमा

कपिलवस्तु : स्थानीय तहमा तराई-मधेसको वर्चस्व कायम गर्न आफूहरू निर्वाचनमा उम्मेदवार बनेको राजपाका नेताहरूले बताएका छन् । पार्टी नीतिविपरीत भए पनि मतदाताको मागअनुसार आफू स्वतन्त्र रूपमा उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिकामा मेयर पदका उम्मेदवार रामदास गुप्ताले बताउनुभयो ।

केन्द्रमा प्रमुख ३ दलको वर्चस्व कायम रहेका बेला स्थानीय तहमा आफूहरू निर्वाचनमा सहभागी नहुँदा स्थानीय तह पनि गुम्ने खतरा देखेपछि स्वतन्त्र रूपमा आफूले उम्मेदवारी दर्ता गराएको नेता गुप्ताले स्पष्ट पार्नुभयो । ‘केन्द्रमा मधेस विरोधी दलहरूको हातमा सरकार र बलियो प्रतिपक्ष छ', नेता गुप्ताले भन्नुभयो, ‘यस्तो अवस्थामा निर्वाचनमा सहभागी नभए स्थानीय निकाय पनि मधेस विरोधी शक्तिको हात पर्ने खतरा थियो । यस्तो अवस्थाबाट जोगाउन हामी बाध्य भई निर्वाचनमा सहभागी भयौं । सही गलत के भयो, त्यो भविष्यले नै निक्र्योल गर्ला ।'

गुप्तासँगै उपमेयरमा राजपा नेता वासुदेवप्रसाद कसौधनले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कपिलवस्तु नगर क्षेत्रका १२ वटै वडामा राजपा नेताले बहुजन शक्ति पार्टीका तर्फबाट निर्वाचमा भाग लिइरहेका छन् । वडाध्यक्षहरू स्वतन्त्र रूपमा चुनाव लड्दा फरक फरक चुनाव चिह्न दिइने भएका प्रचारमा गाह्रो पर्न जाने देखेर बहुजन शक्ति पार्टीको जग चुनाव चिह्नबाट आफूहरू उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिका—१ का वडाध्यक्ष पदका उम्मेदवार सुदीप पौडेलले बताउनुभयो ।

कपिलवस्तुका स्थानीय तहमा राजपा नेताहरू स्वतन्त्र उम्मेदवार बनेपछि अन्य दललाई निर्वाचन अभियान अघि बढाउन सहज भएको छ ।

जिल्लाको अर्को महत्वपूर्ण नगरपालिका महाराजगन्ज नगरपालिकामा राजपाका जिल्ला नेता गंगेश तिवारीले पनि स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिनुभएको छ । कार्यकर्ताको इच्छाबमोजिम निर्वाचनमा भाग लिएको नेता तिवारीले बताउनुभयो । ‘लोकतन्त्रमा निर्वाचनबाट भागेर कदापि तराई मधेसका मुद्दालाई सम्बोधन गर्न सकिँदैन', नेता तिवारीले भन्नुभयो, ‘स्थानीय तह सरकारमा सहभागी हुँदै केन्द्र सरकारलाई संविधान संशोधनमार्फत मधेसका मुद्दा सम्बोधन गर्नका लागि शान्तिपूर्ण आन्दोलनमा आफूहरू रहन्छौं ।'

यशोधरा गाउँपालिका अध्यक्ष पदमा राजपा नेता रामदेव कलवार र उपाध्यक्ष पदमा अर्का नेता मोलहुप्रसाद गुप्ता स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरी प्रचार प्रसारमा जुटिरहनु भएको छ । राजपाको प्रभाव क्षेत्र मानिने कपिलवस्तु नगरपालिका, महाराजगन्ज नगरपालिकालगायतका स्थानीय तहमा राजपा नेताहरू स्वतन्त्र उम्मेदवार बनेपछि अन्य दललाई पनि निर्वाचन अभियानमा अघि बढ्न सहज भएको छ । राजपाका नेताहरूको उम्मेदवारीले जिल्लामा आन्दोलन पनि मत्थर भएको छ ।

राजपाका केन्द्रीय नेता तथा पूर्वकानुनमन्त्री बृजेशकुमार गुप्ता भने आफू संविधान संशोधनका लागि आन्दोलनमै रहेको बताउनुहुन्छ । पार्टीका केही साथीहरू निर्वाचनमा जानैपर्ने हठ गरेपछि आफूले ती साथीलाई निर्वाचन लड्नबाट रोक्न नसकेको नेता गुप्ताले बताउनुभयो । सरकारले प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा र प्रदेश नं ५ को निर्वाचन दोस्रो चरणमा गरेर राजपाभित्र फुट पार्ने रणनीति लिएको नेता गुप्ताले आरोप लगाउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.