विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड

विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड

सोलुखुम्बु (सल्लेरी) : खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन् ।

विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त गर्दै हिमशिखर बोर्डिङ स्कुलमा तोडफोड गरेका हुन्। विद्यालय प्रशासनको लापार्बाहीले घटना भएकाले घटनाको जिम्मा लिनुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । विद्यालय परिसरमै शव राखेर उनीहरुले बिहीबार साझदेखिनै विद्यालय घेराउ गरेका थिए ।

अहिले विद्यालय व्यवस्थापन समिति र मृतकका आफन्तबीच छलफल भइरहेको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो । समस्या समाधान पश्चात शवलाई परीक्षणको लागि फाप्लुस्थित जिल्ला अस्पताल ल्याइने भएको छ । बिहीबार अपराह्न ५:३० बजे दूधकौसीका गाउँपालिका– १ नेलेस्थित जोगरामा रेहको खहरे खोलाले बगाउँदा एल केजीमा अध्ययनरत– सात वर्षीया सागर कटुवाल र कक्षा– २ मा अध्ययनरत– ८ वर्षीया रचना बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही खोलाले बगाउँदा दूधकौसीका गाउँपालिका– १ जोगराका २५ वर्षीया गणेश बस्नेत र सात वर्षीया सञ्जु कटुवालसमेत घाइते हुनुभएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.