ग्वाटेमालामा शक्तिशाली भूकम्प
ग्वाटेमाला : ग्वाटेमालामा बिहीबार बिहान सवेरै ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । यस भूकम्पबाट कम्तिमा ५ जना को मृत्यु भएको बताइएको छ । थुप्रै घाइते भएका छन् ।भूकम्पका कारण प्रमुख पर्यटकीय सहर एनिगुआमा रहेका सरकारी कार्यालयका र अन्य भवनहरु क्षतिग्रस्त भएका छन् ।
स्थानीय समय अनुसार बिहीबार बिहान ६:३१ मा यस गएको यस भूकम्पको केन्द्रविन्दु प्रशान्त महासागरीय सहर पुइर्टो सान जोसे बाट ३८ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस( ले जानकारी दिएको छ ।
यस भूकम्पको कम्पन दक्षिणी मेक्सिको र एल साल्भाडोरमा पनि महसूस गरिएको सो संस्थाले बताएको छ । भूकम्पबाट मध्य ग्वाटेमालाको सहर एनिगुआमा कैयौँ ऐतिहासिक भनव क्षतिग्रस्त बनेका छन् । यो सहर भूकम्पको केन्द्रविन्दु रहेको सहरजस्तै पुरानो र ऐतिहासिक हो । रासस/सिन्हवा