पाकिस्तानमा बम विस्फोट, एघारको मृत्यु

पाकिस्तानमा बम विस्फोट, एघारको मृत्यु

पाकिस्तान: पाकिस्तानको दक्षिणपश्चिमी सहर क्वेटामा शुक्रबार भएको एक विस्फोटमा परीमा कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ ।

साथै सो बिस्फोटबाट २० जना घाइते भएका छन् । सो समाचार सरकारी अधिकारीहरुले शुक्रबार दिएका छन् । बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटा सरहमा रहेको प्रहरीको प्रमुख कार्यलय अगाडि सो विस्फोट भएको जनाइएको छ । यस आक्रमणमा मारिनेहरुमा चार प्रहरी अधिकारी पनि रहेका छन् ।

बलुचिस्तान प्रान्तमा पृथकतावादी र इस्लामिक आतङ्ककारी समूहको बलियो प्रभाव रहेको पाइन्छ । विस्फोट भएको इलाकाबाट ११ व्यक्तिको शव ल्याइएको नागरिक अस्पतालका प्रमुख फारेद अहमदले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

यस विस्फोेटमा परी घाइते भएका २० मध्ये ३ जनाको अवस्था गम्भीर भएको जनाइएको छ । शुक्रबार विहान सवेरै दिइएको जानकारी अनुसार यस आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको थियो । केही समयपछि यो सङ्ख्या बढेर ११ पुगेको जनाइएको छ । घाइतेहरुमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न पनि सक्ने अनुमान गरिएको छ ।

यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । प्रहरीले विस्फोट गराउने व्यक्तिको खोजी गरिरहेको जनाएको छ । रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.