सचिव सरुवा हुँदा आयोगलाई असर पर्दैन : प्रमुख आयुक्त यादव

सचिव सरुवा हुँदा आयोगलाई असर पर्दैन : प्रमुख आयुक्त यादव

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै असर नपर्ने स्पष्ट पार्नु भएको छ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगका सचिवको बिहीबार भएको सरुवाले असार १४ गतेको निर्वाचनलाई कुनै पनि असर नपर्ने बताउनु भएको हो।

‘सचिवको सरुवाले निर्वाचन सम्बन्धी व्यवस्थापकीय काममा कुनै बाधा, अड्चन र अवरोध पर्दैन्, हाम्रो व्यवस्थापन अत्यन्तै सुदृढ छ, हामी चुस्त, दुरुस्तका साथ अघि बढेका छौं, प्रमुख आयुक्त यादवले भन्नुभयो, ‘आयोगका सचिवको सरुवालाई लिएर अहिले मिडियामा ठूलो हल्ला छ, तर असार १४ गते हुने निर्वाचनलाई यसले कुनै असर गर्दैन ।’

उहाँले आफूले ०६३ सालदेखि अहिलेसम्म आयोगमा १३ जना सचिवको सरुवा भोगेको भन्दै निर्वाचनमा सरुवाको असर नहुने प्रष्ट पार्नु भएको हो।

‘मिडियामा सचिव सरुवाका विषयमा आयोगप्रति विभिन्न टिकाटिप्पणी आए तर आयोगले सचिवको सरुवा गर्ने होइन,’ उहाँले थप्नुभयो, ‘नेपाल सरकारले निर्णय लिएर सरुवा गरेको छ, यसलाई म स्वभाविक रुपमा लिन्छु।’

यादवले दोस्रो चरणको असार १४ गते हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ कुलमतदाता रहेको बताउँदै उक्त निर्वाचनका लागि कुल ८ हजार ३ सय ६४ मतदान केन्द्र रहेको पनी जानकारी गराउनु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.