रसियन राजदूत र गृहमन्त्री शर्माबीच भेटवार्ता
काठमाडौं : नेपालका लागि रसियन राजदूत आन्द्रेइ एस बुडनिक र गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच शिष्टाचार भेटवार्ता भएको छ।
गृहमन्त्रालयमा शुक्रबार भएको भेटघाटक्रममा राजदूत बुडनिकले विपत पूर्वतयारी तथा प्रतिकार्यको क्षेत्रमा नेपाल सरकार र रसिया सरकारबीच आपसी सहयोग तथा सूचना आदान प्रदानका लागि रसियाले सन् २०१५ मा नेपालसँग समझदारी पत्रका लाागि गरेको प्रस्ताव बारे जिज्ञासा राख्नु भएको छ। मन्त्री शर्माले केही दिनको गृहकार्य पश्चात समझदारी पत्रमा हस्ताक्षर गर्न सकिने आश्वासन दिनु भएको छ।
यसैगरी मन्त्री शर्माले आफू ऊर्जामन्त्री हुँदा प्रस्ताव गरेको हाईड्रोपावर प्रोजेक्ट निर्माणबारे चासो राख्नु भएको छ।
राजदूत बुडनिकले नेपाली सेनाका लागि आवश्यक एमआई सेभेन्टिन हेलिकप्टर लगायतका सामाग्रीहरुको खरिदका लागि समेत प्रस्ताव राख्नु भएको छ।