प्रहरी अधिकारीको कुटेर हत्या

प्रहरी अधिकारीको कुटेर हत्या

श्रीनगर (भारत): भारत अधिनस्थ काश्मिरमा रहेको एक मस्जिदको बाहिर गस्तीमा रहेका एकजना प्रहरी अधिकारीलाई आक्रोशित भीडले कुटेर हत्या गरेको समाचार छ ।

कैयौँको सङ्ख्यामा आएका व्यक्तिको कुटाईबाट ती प्रहरी अधिकारीको ज्यान गएको भारतीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । विवादित यस क्षेत्रमा यस घटनापछि तनाव झन बढेको छ । यसअघि केही समययतादेखि जारी रहेको हिंसाबीच शुक्रबार भएको यस घटनाले थप तनाव बढाएको छ ।

मोहमद आयुब पन्डित नामका ती प्रहरी अधिकारी मारिएपछि यस पहाडी क्षेत्रमा सुरक्षाबल र सर्वसाधारणबीच नै झडप सुरु भएको छ । प्रहरीद्वारा जारी विज्ञप्तिमा राज्य प्रहरी सञ्जालका उप निरीक्षक पन्डितको उत्तेजित भिडको आक्रमणको कारण हत्या भएको छ । आफ्नो कर्तव्य पालनाकै क्रममा उनको मृत्यु भएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त भएपछि विभाजन भएका भारत पाकिस्तान दुबैले काश्मिर क्षेत्रलाई आफ्नो भूभागका रुपमा दावी गर्दै आएका छन् । रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.