मेक्सिको हिंसाजन्य देश, सीमामा पर्खाल बनाएरै छोड्छौँ– राष्ट्रपति ट्रम्प

मेक्सिको हिंसाजन्य देश, सीमामा पर्खाल बनाएरै छोड्छौँ– राष्ट्रपति ट्रम्प

मेक्सिको सिटी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिनुभएको छ । उहाँले शुक्रबार आफ्नो ट्वीटर एकाउन्टमा भन्नुभएको छ– मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो । यहाँ बर्षेनी हजारौँ नागरिक मारिन्छन् ।

मेक्सिकोमा लागू औषधका कारण वर्षेनी त्यतिधेरै सङ्ख्यामा नागरिकको ज्यान जाने गरेको भन्दै उहाँले अमेरिकाले त्यसैले पनि मेक्सिकोको सीमानामा पर्खाल निर्माण गर्ने बताएको सो ट्वीटरमा व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ– हामीले पर्खाल लाउँछौँ, कुनै पनि हालतामा हामीले सीमामा पर्खाल ठडाउँछौँ ।

हालै लन्डनबाट सम्प्रेसित एक रिपोर्टमा मेक्सिको सिरियापछिको सबैभन्दा धेरै मानिस मारिने देशका रुपमा सन् २०१६ मा आएको जनाइएको थियो ।राष्ट्रपति ट्रम्पले त्यसैका आधारमा सो ट्वीट गर्नुभएको बताइएको छ । यस भनाईपछि मेक्सिकोको भने कुनै प्रतिक्रिया आएको छैन । रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.