नेपाल कम्युनिस्ट पार्टीका डोटी ईन्चार्ज पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका डोटी ईन्चार्ज पक्राउ

डोटी : बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका डोटी जिल्ला ईन्चार्ज विवेक कुमाललाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता माथि प्रहरीले निगरानी बढाउँदै आईरहेको थियो ।

डोटीको क्षेत्रसंगै जोडिएको कैलालीको चुरे गाउँपालिकाको वडा नम्बर १ किम्तोलाबाट शुक्रवार दिउँसो कुमाललाई डोटी स्थित बिपिनगर प्रहरी चौकीले पक्राउ गरेको हो । जिल्ला सुरक्षा समितिले अतिसंबेदनशील स्थानका रुपमा लिएको बिपिनगर क्षेत्रबाट नेकपा ईञ्चार्ज कुमाल पक्राउ परेका हुन् ।

कैलाली र डोटीका सिमा क्षेत्रमा पर्ने साबिकको चुरे गाबिसबाट पक्राउ गरिएको हो । शान्ति सुरक्षालाई मध्यनजर गर्दै नियन्त्रणमा लिएको र उनीमाथि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डिएसपी शिबबहादुर सिंहले जानकारी दिनुभएको छ ।

यस अघि पनि डोटीको दक्षिण क्षेत्रमा पर्ने साबिकको बर्छैन गाविसबाट नेकपाका कार्यकर्ता टेकबहादुर सलामीलाई समेत प्रहरीले नियन्त्रमा लिएको थियो । सो पार्टीले स्थानीय निर्वाचनलाई बिथोल्ने भन्दै डोटीका दक्षिण भेगका गाउँहरुमा जनसरकार गठन गरेको थियो । जनसरकार गठन गरेदेखि सुरक्षाकर्मीहरुले नेकपाका नेता तथा कार्यकर्ताहरु माथि निगरायनी बढाउँदै आएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.