कांग्रेसले जिते मात्रै सुदूरपश्चिम समृद्ध बन्छ: प्रम देउवा

कांग्रेसले जिते मात्रै सुदूरपश्चिम समृद्ध बन्छ:  प्रम देउवा

धनगढी : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले जितेमा मात्रै देश समृद्धितिर जाने बताउनुभएको छ । काग्रेसले शुक्रबार धनगढीको क्याम्पसचोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसबाहेक अरुले देश विकास नगर्ने बताउनुभएको हो ।

उहाँले दोस्रो चरणको निर्वाचनमा काँग्रेस एक नम्बरको पार्टी बन्ने दावी गर्नुभयो । सुदूरपश्चिम विकासका दृष्टिले पछाडि परेकाले अब काँग्रेसले जिते मात्रै सुदूरपश्चिमको विकास हुने उहाँको भनाई थियो ।

यसअघि कैलालीको गेटामा निर्माण भईरहेको मेडिकल कलेजको निर्माण रोक्न देउवाले चलखेल गरेको समाचारको खण्डन गर्दै प्रधानमन्त्री देउवाले आफु तीन वर्षभित्र मेडिकल कलेजको निर्माण गर्ने पक्षमा रहेको बताउनुभयो । धनगढीमा काँग्रेसले जिते नेपालमै उपमहानगरपालिकाको मेयर दलित हुने ईतिहास लेखिने पनि देउवाले बताउनुभयो ।

काँग्रेसले धनगढी उपमहानगरका लागि नृपबहादुर ओड र उपमेयरमा शुसीला मिश्र भट्टलाई उमेदवार बनाएको छ । देउवाले कैलालीको क्याम्पस रोड र फुलबारीमा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । फुलबारीमा गरिएको चुनावी सभामा भने माओवादी केन्द्र र काँगेसले फरक फरक समयमा एउटै मञ्चको प्रयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.