कृषिमा बिचौलीयाको रजाइँ

कृषिमा बिचौलीयाको रजाइँ

 बनेपा : पछिल्लो समय बजारमा कृषि सामग्रीको मूल्य अकासिए पनि उत्पादन गर्ने किसान भने बिचौलीयाका कारण मारमा पर्दै आएका छन् । बजारमा खरिद गरिने सामग्रीको मूल्य बढदो क्रममा रहे पनि कृषकले उत्पादन गरेको कृषि सामानको मूल्य भने निरन्तर घट्दो क्रममा छ । ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको आलु, तरकारी, अदुवा र प्याजको मूल्य यतिबेला न्यून छ । तर बजारमा भने चर्को मूल्य तिर्न उपभोक्ता बाध्य छन् । दुई वर्षअघि एक सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको अदुवा अहिले कृषकले ३० रुपैयाँमा बिक्री गर्न बाध्य छन् ।

प्रतिकिलो दुई सयसम्म तिरेर बिउको अदुवा किनियो तर अहिले ४० रुपैयाँ किलोमासमेत बिक्री गर्न कठिन छ । पाँचखाल नगरपालिकाका किसान विकास अधिकारी भन्नुहुन्छ । ‘बजारमा गएर त्यही अदुवा किन्न लाग्दा किलोको एक सय रुपैयाँभन्दा बढी पर्छ', उहाँले थप्नुभयो, ‘उत्पादन गर्नेभन्दा हामीबाट लैजाने बिचका व्यापारीले किलोमा ५० रुपैयाँभन्दा बढी कमाउँछन् ।'

अधिकारीजस्तै पनौती नगरपालिकाका किसान प्रकाश हुमागार्इं पनि किसानलेभन्दा बिचौलीयाले बढी कमाउने गरेको दुखेसो पोख्नुभयो । ‘वर्षभरि खेतबारीमा दशनग्रा खियाउने किसानभन्दा एक दिन ओसारपसार गर्ने बिचौलीयाले दुई गुणा बढी आम्दानी गर्छन्', उहाँले थप्नुभयो, ‘मैले यसपाली खेतमा उत्पादन गरेको आलु व्यापारीले प्रतिकिलो १२ रुपैयाँमा खरिद गरेर बजारमा प्रतिकिलो २८ रुपैयाँमा बिक्री गरे', उहाँले दुखेसो पोख्नुभयो ।

बनेपा नगरपालिका नालाका किसान हरिवजन बजगाईं पनि गोलभेँडा उत्पादन गर्नेभन्दा बेचविखन गर्नेले बढी आम्दानी गर्ने गरेको बताउनुभयो । ‘किसानले उत्पादन गरेका गोलभेँडा प्रतिकिलो ३५ रुपैयाँ तिरेर बिचौलियाले बजारमा ७० रुपैयाँमा बिक्री गर्छन्', उहाँले दुखेसो पोख्दै भन्नुभयो, ‘दिउँ सावा उठ्दैन, नदिउँ खेतमै कुहिन्छ ।'

कृषिका लागि उब्जनीयोग्य भूमिका रूपमा रहेको काभे्रको पाँचखाल, नाला, कुशादेवी, ढुर्खक, बनेपा, पनौती, खोपासीलगायत क्षेत्रका कृषकले वर्षमा दुई बाली आलु उत्पादन गर्ने गरेका छन् । आलुको बिउ, मल, व्यवस्थापनमै झन्झट व्यहोर्नु पर्ने र मूल्य कम पाएसँगै सावा उठाउनै हम्मेहम्मे पर्ने गरेको किसानको गुनासो छ । ‘ग्रामीण क्षेत्रका कृषकले बजार मूल्य कमजोर रहेकै कारण आफूले बाली परिर्वतन गर्न थालेको गुनासो गर्छन्, धानको मूल्य पनि राम्रो हुन्छ तर उत्पादित धान बिक्री नै हुँदैन, अहिले धेरै कृषकले चैतेधान खेती गर्न छाडीसके', मण्डनका इन्द्रमान श्रेष्ठले बताउनुभयो, ‘चैतेधानका बाला लाग्नु पर्र्नेे कुन्ताका फाँटमा मकैका घोगा छन् । धान उत्पादनमा लागेको लागत नै उठाउन कठिन भएपछि कृषकले चैतेधान खेती छाडेका हुन् ।'

कृषकले खरिद गर्ने सामग्रीको मूल्य दैनिक वृद्धि भए पनि कृषकले उत्पादन गरेका बस्तुमा भने मूल्य घट्दै गएको जिल्ला कृषि सहकारी संघका अध्यक्ष दीपक जंगम भन्नुहुन्छ, ‘बजारमा मूल्य उस्तै छ, कृषकले दिनैपिच्छे घटाएर बेच्नुपर्छ, बिचौलियका कारण किसान मर्कामा छन् ।' उहाँले थप्नुभयो, ‘सम्बन्धित निकायले मूल्य निर्धारण र यसबारे चासो नदिँदा किसान मारमा पर्दै आएका छन् ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.