चन्द्रले बाजी मारे कविता महोत्सवमा

चन्द्रले बाजी मारे कविता महोत्सवमा

काठमाडौं : नेपाल प्रज्ञाप्रतिष्ठानको ६०औं वार्षिक उत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय कविता महोत्सव २०७४ मा खोटाङका चन्द्र रानाहँछा रचित 'आँधीको यात्रा'ले प्रथम पुरस्कार हात पारेको छ । महोत्सवमा प्राप्त दुई सय २९ कवितालाई उछिन्दै रानाहँछा रचित कविताले बाजी मारेको हो । त्यसैगरी भोजपुरका सुवास राई 'क्याप्टेन' रचित 'फरक' शीर्षकको कविताले दोस्रो स्थान हासिल गरेको छ ।

महोत्सवमा तेस्रो स्थानमा भने तीनवटा कविता परेका छन् । तिनमा दाङका दीपेन्द्र उपाध्याय रचित 'लोकतन्त्र', काभ्रेका शर्मिला कोइराला रचित 'उज्यालोको आत्मकथा' र काठमाडौंकी अमृता 'स्मृति' रचित 'फूलहरू जान्दैनन् युद्ध गर्न' रहेका छन् । विजेताहरूलाई केही समयपछि विशेष कार्यक्रम आयोजना गरी राष्ट्रपतिको हातबाट पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा पहिलो हुने कविलाई रु. ३० हजार, पदक एवं प्रमाणपत्र, दोस्रो हुनेलाई रु. २५ हजार, पदक एवं प्रमाणपत्र र तेस्रो हुने कवित्रयलाई जनही रु. २०÷२० हजार, पदक एवं प्रमाणपत्र प्रदान गरिनेछ । कविता प्रतियोगितामा वासुदेव अधिकारी, विधान आचार्य, डा. खुमनारायण पौडेल, डा. मधुसूदन गिरी र उपेन्द्र सुब्बा निर्णायकका रूपमा रहेका थिए ।

राष्ट्रिय कविता महोत्सव एवं नेपाल प्रज्ञाप्रतिष्ठानको हीरक जयन्ती समापन समारोहमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पूर्वकुलपति माधव घिमिरे र बैरागी काइँला, उपकुलपति मदनमणि दीक्षित र प्राडा वासुदेव त्रिपाठी एवं शताब्दीपुरुष सत्यमोहन जोशीलाई ताम्रपत्र एवं दोसल्ला ओढाई सम्मान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.