चुनाव लगत्तै असन्तुष्ट दलसँग संवाद थालिन्छ : प्रधानमन्त्री

चुनाव लगत्तै असन्तुष्ट दलसँग संवाद थालिन्छ : प्रधानमन्त्री

महेन्द्रनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचन लगत्तै असन्तुष्ट रहेका राजनीतिक दलहरुसंग छलफल सुरु हुने बताउनुभएको छ । शनिबार बिहान नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले निर्वाचनमा सहभागी नभएर असन्तुष्ट रहेका राष्ट्रिय जनता पार्टी नेपाल सहितका दलहरुसँग संविधान संशोधनका बारेमा छलफल अघि बढ्ने बताउनुभएको हो ।

‘संविधान संशोधन नभई निर्वाचनमा सहभागी नहुने उनीहरुको अडान यथावतै छ' प्रधानमन्त्री देउवाले भन्नुभयो,‘ संशोधनका लागि दुई तिहाई आवश्यक हुन्छ, त्यसका लागि एमालेको समेत सहमति हुनु जरुरी छ' । प्रधानमन्त्रीले मुलुकमा देखिएको समस्या समाधान गर्न एमाले पनि जिम्मेवार रहेकाले संविधान संशोधनका बारेमा एमालेले पनि लचकता देखाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । निर्वाचनपछि एमालेका नेताहरुसँग पनि आफूले घनिभूत छलफल थाल्ने उहाँको भनाई थियो ।

प्रधानमन्त्री देउवाले मधेसी समुदायको माग समेत सम्बोधन गरेर मुलुकमा देखिएको अस्थिरतालाई सदाका लागि अन्त्य गर्ने आफ्नो एक मात्र पहल हुने बताउनुभयो । उहाँले संविधान संशोधन गरेर अघि बढ्ने विषयमा अन्तिम कसरत गर्ने बताउदै संशोधन हुन नसकेपनि प्रदेश नम्बर २ मा हुने निर्वाचनबाट कोही नभाग्ने दाबी गर्नुभयो ।

उहाँले संविधान कार्यान्वयन गर्न तीनै तहको निर्वाचन अपरिहार्य रहेकाले निर्वाचनबाट कसैले भाग्न नहुने प्रष्ट्याउनुभयो । प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र संघको निर्वाचन गर्नुको विकल्प नरहेको समेत बताउनुभयो ।

एक अर्को प्रसङ्गमा बोल्दै उहाँले महाकालीमा चार लेनको पक्की पुल बने ७ नम्बर प्रदेशकै कायापलट हुने बताउनुभयो ।‘ यहाँ पुल निर्माण भए यो ठूलो व्यापारिक नाकाका रुपमा अघि बढ्ने छ' प्रधानमन्त्री देउवाले भन्नुभयो‘, व्यापारिक हबका रुपमा अघि बढे यसबाट प्रदेश आर्थिक रुपले सम्पन्न हुने र जनता सम्पन्न हुनेछन्' ।

महाकालीमा निर्माण हुने पक्की पुल डिपिआर तयारको काम छिट्टै अघि बढ्ने प्रधानमन्त्रीले दाबी गर्नुभयो । देउवा शनिबार कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बेलौरी र पुनर्वासमा चुनावी सभा सम्पन्न गरेर डडेल्धुराको जोगबुढा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जोगबुढाको चुनावी सभा सकेर साँझ प्रधानमन्त्री डडेल्धुरा सदरमुकाम पुगेर बास बस्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा असार १४ गते स्थानीय तहको निर्वाचनमा मतदान गरेर मात्रै फर्किने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.