एमाले छोड्दा आत्मसन्तुष्टिः पूर्व मेयर राई
धरान: संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य ध्यानबहादुर राईले नेकपा एमाले परित्याग गरेपछि आत्मसन्तुष्टि भएको बताउनुभएको छ । एमालेका पूर्व नेता राई पार्टी परित्याग गरी केही समय अघि फोरम प्रवेश गर्नुभएको थियो ।
एमालेबाट विसं. २०४९ सालमा धरानको मेयरमा निर्वाचित राईले शनिवार धरानमा फोरम र नेकपा माओवादीले आयोजना गरेको चुनावी सभामा एमालेको व्यापक आलोचना गर्नुभयो । उहाँले एमाले काम गर्ने भन्दा पनि सपना मात्र बाँड्ने पार्टी भएको आरोप लगाउनुभयो ।
एमालेले अहिले पनि परिवर्तनलाई आत्मसात गर्न सकेको आरोप लगाउँदै पूर्वमेयर राईले भन्नुभयो,‘एमालेले जनजाती, दलित र पिछडा वर्गको भलो चाँहदैन।’
आफु मेयर हुँदा धरानको विकास निर्माणमा धेरै योगदान गरेको दावी गर्दै उहाँले माओवादी केन्द्र र फोरमबाट संयुक्त उम्मेदवारी दिनुभएका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।