बाल्यकाल बिताएको इन्डोनेसिया ओबामाको व्यायाम
इन्डोनेसिया : अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने विदा मनाउन इन्डोनेसिया आउनुभएको छ । उहाँ परिवारसहित इन्डोनेसियाको बाली र जाकार्ता आउनु भएको अधिकारीहरुले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताउनु भएको थियो ।
पूर्वराष्ट्रपति ओबामा उहाँका श्रीमती मिचेल र दुई छोरीसहित बालीमा रहेको हिमटापुमा पुग्नु भएको सेनाका अधिकारीहरुले जनाएका छन् ।
“उहाँहरु गएराति अवेर आएर होटलमा बस्नुभयो । अनि ओबामा विहानै उठेर व्यायाम गर्नुभएको थियो,” स्थानीय सैन्य प्रमुखले भन्नुभयो । रासस/सिन्ह्वा