अपहरणमा परेका व्यक्ति नै थुनामा !

अपहरणमा परेका व्यक्ति  नै थुनामा !

काठमाडौं : शनिबार बिहान गोंगबुबाट एउटा दम्पती अपहरणमा परेको सूचना महानगरीय अपराध महाशाखाले पायो । घटनाबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले ती दम्पती विप्लव माओवादीको नियन्त्रणमा रहेको थाहा पायो र शंकरदेव क्याम्पसस्थित विप्लव माओवादीको संगठन कार्यालयबाट गोपालबाबु श्रेष्ठ र कविता दाहाललाई अपहरणमुक्त गर्‍यो ।

दम्पती अपहरण गर्ने विप्लव माओवादीका कार्यकर्ता शक्ति विश्वकर्मा र अञ्जु भारती पनि पक्राउ परे । श्रेष्ठ र दाहाललाई अपहरण गर्न लगाउने काठमाडौं सुन्धाराका दम्पती मदनकृष्ण महर्जन र अञ्जु महर्जन पनि पक्राउ परे ।

तर, श्रेष्ठ दम्पती अपहृत भएको सूचना पाएपछि काठमाडौं प्रहरी परिसरमा उनीहरूविरुद्ध पनि उजुरी पर्‍यो । श्रेष्ठ दम्पतीले २७ लाख रुपैयाँ नदिएको आरोप उजुरीकर्ताको थियो । अनुसन्धानबाट अपहरण गर्न लगाउने महर्जन दम्पती कारोबार विवादमै हैरान भएपछि अपहरण गर्ने उपायमा पुगेको प्रहरीले पत्ता लगायो । प्रहरीले अपहरणमा संलग्नसँगै अपहृत दम्पतीलाई पनि थुनामा राखेको छ । ‘कसैलाई पनि अपहरण गर्न पाइँदैन । श्रेष्ठ दम्पतीलाई अपहरणमुक्त गरिए पनि उनीहरूविरुद्ध उजुरी परेकाले थुनामा राखेका हौं', महानगरीय अपराध महाशाखाका प्रमुख दिनेश अमात्यले भन्नुभयो।

श्रेष्ठ दम्पती नौ महिनादेखि गोंगबुस्थित एउटा होटलको पाँचौं तलामा दुई वटा कोठामा बस्दै आएको थियो । ऋणमा चुर्लुम्म डुबेर व्यवहार बिग्रिएपछि नजिकका साथीको होटलमा उनीहरू लामो समयदेखि बस्दै आएका थिए । ‘उनीहरू बस्ने कोठा व्यवस्थित देखिन्छ । होटल भए पनि नियमित पूजा गर्ने स्थान बनाएका रहेछन्', स्रोतले भन्यो । आफूलाई बस्न दिने होटल साहुलाई आफ्नो पैसा उठ्न बाँकी रहेको र केही समयमै भाडा चुक्ता गरिदिने श्रेष्ठ दम्पतीले बताउँदै आएको थियो ।

जडीबुटी व्यवसायमा संलग्न यो दम्पती व्यवसाय चौपट भएपछि लुकिछिपी बस्दै आएको थियो । श्रेष्ठ दम्पतीले करिब १८ लाख रुपैयाँ खाइदिएको भन्दै महर्जन दम्पती विभिन्न ठाउँमा प्रहरीसँग उजुरी गर्न पुगे पनि सुनुवाइ नभएपछि हैरान भएको थियो । यत्तिकैमा महर्जन दम्पतीलाई चिनेका एक जनाले विप्लव माओवादीले पैसा उठाइदिने भन्दै उनीहरूसँग सम्पर्क गर्न सुझाव दिए । स्रोतले भन्यो, ‘ श्रेष्ठले सुरुमा महर्जन दम्पतीबाट तीन लाख रुपैयाँ ऋण लिएका रहेछन् । पछि जडीबुटी व्यवसायमा लगानी गर्न भन्दै ऋण थप्दा यी दुईबीचको कारोबार करिब १८ लाख रुपैयाँ पुगेको रहेछ । त्यसपछि श्रेष्ठ फरार भएका रहेछन् ।' प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.