पोर्चुगल र मेक्सिको सेमिफाइनलमा
काठमाडौं : रुसमा जारी फिफा कन्फिडेरेशन कप फुटबलमा मेक्सिको र पोर्चुगल सेमिफाइनमा प्रवेश गरेका छन् । शनिबार राति समूह 'ए' का समूह चरण अन्तर्गतका अन्तिम खेलमा दुवै टोली विजयी भई सेमिफाइनलमा प्रवेश गरेका् हुन् ।
पहिलो खेलमा आयोजक रुसलाई २-१ ले मेक्सिको सेमिफाइनलमा पुग्न सफल भयो । रुसले खेलको २५ औं मिनेटमा अलेक्जेन्डर सेमेडोभको गोलबाट अग्रता लिएको थियो । मेक्सिकोका लागि नेस्टोर अराउखो र हिर्भिङ लोसानोले गोल गरे । ३० औं मिनेटमा अराउखोले मेक्सिकोका लागि बराबरी गोल फर्काए । ५२ औं मिनेटमा लोसानोले गोल गरेपछि मेक्सिको २-१ ले विजयी भयो ।
यसै समूह अन्तर्गतको अर्को खेलमा पोर्चुगलले न्युजिल्याण्डलाई ४-० को फराकिलो अन्तरले हराउँन सफल भयो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो, बर्नाडो सिल्भा, आन्ड्रे सिल्भा र नानीले एक–एक गोल गरे
खेलको ३३ औं मिनेटमा रोनाल्डोले पेनाल्टी गोल मार्फत पोर्चुगलले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि बर्नाडोले गोल गर्दै अग्रता दोब्बर पारे । ८० औं मिनेटमा आन्ड्रे सिल्भा तथा इन्जुरी समयमा नानीले गोल गरेपछि पोर्चुगल ४-० को सानदार जित निकाल्न सफल भयो । जितपछि पोर्चुगलले समूह 'ए' को विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो ।
सात अंक जोडेको पोर्चुगल समूह विजेता बन्दै सेमिफाइनमा पुग्यो भने समान अंक रहेपनि गोल अन्तरपछि पर्दै समूह उपविजेता बन्दै मेक्सिकोले अन्तिम चारमा स्थान बनाउन सफलभयो । ३ अंक रहको रुस र अंक बिहीन न्युजिल्याण्ड प्रतियोगिताबाट बाहिरिएका छन् ।
आज राति समूह बी अन्तर्गत जर्मनी–क्यामरुन र चिली–अस्ट्रेलिया बीच खेल हुनेछ ।