ब्रिटिस काउन्सिल र अर्बिटबीच सम्झौता
काठमाडौं : मेडिकल प्रवेश परीक्षाका लागि अर्बिट मेडिकल इन्ट्रान्स प्रिप्रेसन पुतलीसडकले रजिस्ट्रेसन गर्ने अनुमति पाएको छ । यसले इन्टरनेसनल इङ्लिस ल्याग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) का विद्यार्थीका लागि सहज हुनेछ ।
यसका लागि ब्रिटिस काउन्सिल र अर्बिटबीच मेडिकल इन्ट्रान्स प्रिप्रेसनबीच आईईएलटीएस रजिस्टेसनसम्बन्धी सम्झौता भएको हो । राजधानीमा आयोजित एक समारोहमा अर्बिटका तर्फबाट यसका अध्यक्ष सुनिल रेग्मी र ब्रिटिस काउन्सिलका प्रतिनिधि जिमओ निलले हस्ताक्षर गर्नुभएको छ । अब अर्बिटमा पुगेर आईईएलटीएस रजिस्ट्रेसन गर्न सक्नेछन् ।
यसको शुल्क १६ हजार नौ सय ५० तोकिएको छ । नेपालमा सबैभन्दा धेरै विद्यार्थी रहेको अर्बिटलाई परीक्षा शुल्क काउन्टर दिएर निजी क्षेत्रमा पहिलो सम्झौता भएको बताइएको छ । काउन्सिलजस्तै अस्ट्रेलियन संस्था आईडीपी नेपाली बजारमा ओर्लिएसगै विश्वभर अग्रेजी भाषाको प्रवद्र्धन गर्ने ब्रिटिस काउन्सिलले थप प्रतिस्पर्धा सामना गर्नुपरेको छ ।
काउन्सिलले अर्बिटअघि नबिल बैंक, शैक्षिक परामर्शदाताको छाता संगठन इक्यान, आइरिन र फेकोनले पनि दर्ता अनुमति दिएको कम्पनीले जनाएको छ ।