राष्ट्रपति सि पहिलो पटक हङकङ भ्रमणमा

राष्ट्रपति सि पहिलो पटक हङकङ भ्रमणमा

बेइजिङ : चिनियाँ राष्ट्रपति सि जिनपिङ यही जुन २९ देखि जुलाई १ तारिखसम्म हङ्कङमा रहनुहुने भएको छ।उहाँले यसैहप्ता हङ्कङ भ्रमण गर्न लाग्नुभएको चिनियाँ समाचारमाध्यमहरुले आइतबार जनाएका छन्।

हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको वार्षिकोत्सवका अवसरमा उहाँ त्यहाँ जान लाग्नुभएको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ ।

आगामी हप्ता सो हस्तान्तरणको २० बर्ष पुग्न लागेको छ। सोही अवसर पारेर हङकङमा आयोजना हुन लागेको समारोहमा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लाग्नुभएको पुष्टि आइतबार भएको हो।

उहाँले हङ्कङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरुले भने केही बताएका थिएनन्। तर उक्त समारोहमा राष्ट्रपति सि उपस्थित हुनसक्ने सम्भावनाको समाचार यसअघि नै आएको थियो।

उहाँ सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङ्कङ भ्रमण हो। चिनियाँ पत्रिका द साउथ चाइना मोर्निङ पोष्टले उहाँको हङ्कङ भ्रमण निश्चित भएको आइतबार जनाएको छ।

हङ्कङमा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ। सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको मात्र नभई हङ्कङका नागरिकमा यसका कारण निराशा छाएको पनि बताउँदै आइएको छ ।

यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण नगर्न पनि सक्नुहुनेछ भन्ने अनुमान पनि गरिएको थियो।तर सिन्ह्वाले नै सो समाचार सार्वजनिक गरेको छ।

हङ्कङ हस्तान्तरण गरिएको समयको अवसर पारेर ठूलो सङ्ख्याका नागरिकले प्रदर्शनको तयारी गरेका हङकङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यसैले पनि उहाँको भ्रमणको समयमा ठूलो मात्रामा सुरक्षा दिनुपर्ने अवस्था रहेको पनि विश्लेषकहरु बताउँछन् । त्यसको तयारी भइरहेको हङ्कङबाट प्राप्त समाचारमा जनाइएको छ ।

हङकङको पाँचौ प्रशासकीय क्षेत्र उद्घाटनको विशेष अवसरमा पनि उहाँ उपस्थित हुनुहुने चिनियाँ समाचार समितिले जानकारी दिएको छ । रासस/सिन्ह्वा/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.