माओवादीको चुनावी र्यालीमा बम विस्फोट : पाँच घाइते, दुई गम्भीर
नवलपरासी : नवलपरासीको सुनलल बजार नजिकैको सोमनाथ पुलमा नेकपा (माओवादी केन्द्र)को चुनावी र्यालीमा बम विस्फोट भएको छ। र्यालीमा सहभागी लु १ ख ६७७३ नम्बरको बसमा क्षति भएको छ भने पाँचजना घाइते भएका छन्।
बम विस्फोटमा बसका चालकसहित पाँच जना घाइते भएका हुन् । सुनवल नगरपालिकाका बेलकुमारी कठरिया, मिना चौधरी, फूलकुमारी कठरिया र एक १४ वर्षीय बालक श्रीकान्त केवट घाइते छन् । बसका चालक बर्दघाट नगरापलिकाका २ का नरबहादुर विक समेत घाइते छन्।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम विस्फोट गराएको आशंका गरेको छ।