कन्फेडेरेसन कप फुटबल : पोर्चुगल र मेक्सिको सेमिफाइनलमा

कन्फेडेरेसन कप फुटबल : पोर्चुगल र मेक्सिको सेमिफाइनलमा

एजेन्सी :पोर्चुगल र मेक्सिको फिफा कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

समूहगत चरणको शनिबार राति खेलिएको आफ्नो अन्तिम खेलमा न्युजिल्यान्डलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा पुगेको हो। पोर्चुगल समूह ‘ए’ को विजेताका रुपमा अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

यसैगरी समूहगत चरणको अन्तिम खेलमा आयोजक रुसलाई २–१ गोलले स्तब्ध पार्दै मेक्सिको पनि उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो। युरोकप विजेता पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डो, बेनार्डो सिल्भा, आन्द्रे सिल्भा र नानीले एक÷एक गोल गरे। पोर्चुगलले खेलको ३३औं मिनेटमा कप्तान रोनाल्डोको पेनाल्टी गोलबाट सुरुआती अग्रता लिएको थियो।

ओसेनिया क्षेत्रको विजेता न्युजिल्यान्डमाथि एकतर्फी जित निकाल्ने क्रममा पोर्चुगलका लागि बेनार्डोले ३७औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफमा दुई गोलले अघि रहेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। खेलको ८०औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै पोर्चुगलको अग्रता तेब्बर बनाए भने इन्जुरी समयमा नानीले गोल गरेपछि पोर्चुगल ४-० ले विजयी भयो।

यसैगरी कजानमा भएको खेलमा मेक्सिकोलाई जित दिलाउन नस्टर अराउजो र हिर्भिङ लोजानोले एक÷एक गोल गरे। रुसका लागि अलेक्जेन्डर साम्दोभले एक गोल फर्काए। कजानमा भएको उक्त खेलमा सुरुआती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा रुस पराजित भएको हो। खेलको २५औं मिनेटमा अलेक्जेन्डरको गोलबाट रुसले अग्रता लिएको थियो।

तर, खेलको ३०औं मिनेटमा अराउजोले गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काएका थिए। पहिलो हाफ एक-एक गोलको बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा मेक्सिकोले थप एक गोल गर्‍यो। ५२ औं मिनेटमा लोजानोले गोल गर्दै मेक्सिकोलाई २-१ को जित दिलाए। आयोजकमाथिको जितसँगै मेक्सिको समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयो।

समूह ‘ए’ को विजेता बनेको पोर्चुगलले समूहगत चरणका तीन खेलमा दुईमा जित र एकमा बराबरी गर्दै सात अंक जोड्यो। सातै अंक जोडेको मेक्सिकोलाई गोल अन्तरमा पछि पार्दै पोर्चुगल समूह विजेता बनेको हो। तीन अंक जोडेको आयोजक रुस र अंकविहीन बनेको न्युजिल्यान्ड भने समूहगत चरणबाटै बाहिरिएका छन्। रुस आगामी विश्वकपको आयोजक राष्ट्र पनि हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.