उच्च अदालत जनकपुर अगाडि राजपाको प्रदर्शन

उच्च अदालत जनकपुर अगाडि राजपाको प्रदर्शन

वीरगन्ज: आफ्ना कार्यकर्ता रिहाइको माग राख्दै राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले वीरगन्जमा रहेको उच्च अदालत जनकपुरको अस्थायी ईजलास अगाडि आइतवार नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । 

राजपाको युवा संगठन बाराका अध्यक्ष पन्नालाल पटेललाई प्रहरीले बिना कारण पक्राउ गरी थुनामा राखेको भन्दै राजपाले रिहाईको माग गर्दै उच्च अदालत अगाडि प्रदर्शन गरेको हो । अदालत अगाडि रहेको सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेर बाटो खुलाएको थियो ।

गत जेठ २९ गते कलैयाको रामराजा मोहन विक्रम शाह क्याम्पसमा निर्वाचन कार्यालयले आयोजना गरेको मतदान अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सहभागी सरकारी कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले पटेललाई पक्राउ गरी सार्बजनिक अपराधमा मुद्धा दर्ता गरेको थियो ।

आइतवार उच्च अदालत जनकपुरको अस्थायी ईजलाश वीरगन्जमा पटेलको मुद्धामाथि बहस भईरहेका बेला राजपाका नेता कार्यकर्ताहरुले अदालत अगाडि प्रदर्शन गरेका हुन् । अदालतको फैसला नआए सम्म राजपाका नेता कार्यकर्ताहरु अदालत अगाडिकै सडकमा आइतवार दिनभर प्रदर्शन गर्दै बसेका थिए ।

यसैबिच पटेललाइ उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगन्जले साधारण तारेखमा रिहा गरेको छ । चार नम्बर बेन्चका न्यायाधीशद्वय हेमराज ढकाल र विष्णु प्रसाद कोइारालाको संयुक्त इजलाशले पटेललाइ साधरण तारेखमा रिहा गर्न आदेश दिएपछि बारा प्रहरीले पटेललाइ रिहा गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.