बुटवलको ट्राफिक चोक र कांग्रेस मेयर उम्मेदवारको घरमा बम

बुटवलको ट्राफिक चोक र कांग्रेस मेयर उम्मेदवारको घरमा बम

बुटवल : बुटवलको ट्राफिकचोकमा बम फेला परेको छ। नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको प्रहरीले जनाएको छ। एमालेको सभा चलिरहेको स्थान नजिकै बम भेटिएको हो। कालो प्लाष्टिकमा रहेको बम सेनाले पड्काएर डिस्पोजल गरेको हो। एउटा पोकोमा रहेको बम दुई पटकसम्म पड्किएको छ भने अर्को प्लाष्टिकको पोको पनि सेनाले डिस्पोज गरेको छ।

एमालेको सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो। सभा सकिएलगत्तै सेनाको टोली बम डिस्पोजल गर्न लागेको थियो।
बुटवलको राजमार्ग चौराहामा कांग्रेस माओवादीको सभा चलिरहेको छ। बम भएको आशंकाले सर्बसधारणहरु त्रसित बनेका छन्।

कांग्रेसका मेयर उम्मेदवारको घरमा बम

अज्ञात समूहले नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारको घरमा बम राखेका छन्। वाणगंगा नगरपालिकाका मेयर पदका उम्मेदवार मंगल प्रसाद थारुको घर अगाडी पार्किङ्ग गरी राखेको गाडीको तल बम राखिएको पाइएको छ।

विहान चुनावी प्रचार प्रसारमा निस्कन लाग्दा गाडी तल बमदेखेपछि प्रहरीलाई खबर भएको थियो। नेपाली सेनाको वम डिस्फोजल टिमले सो बम निष्क्रिय पारेको थियो। आफ्नो उम्मेदवारलाई ज्यानै मार्ने मनसायले बम राखिएको प्रति नेपाली कांग्रेसले विरोध जनाएको छ। नेपाली कांग्रेसका सभापति तथा सांसद सुरेन्द्रराज आचार्यले स्थानीय प्रशासनलाई घटनाप्रति अति संवेदनशील भई दोषी पत्ता लगाउन आग्रह गर्नु भएको छ।

यस अघि जिल्लाको वाणगंगा नगरपालिका गजेहडामा उम्मेदवारी दर्ता गर्न गएको मौका छोपी अज्ञात समूहबाट गरिएको बम विस्फोटमा नेपाली कांग्रेसका कार्यकर्ता घाइते भएका थिए। सभापति आचार्यले भन्नुभयो, ‘नेपाली कांग्रेसका उम्मेदवारको विजयबाट डराएर कांग्रेसप्रति लक्षित गरी यस्ता घटना भएका छन्। यस्ता घटनाप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ।’

यस अघिको बम विष्फोटको घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताउनु भयो। वाणगंगा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धनमा नेपाली कांग्रेसका मंगलप्रसाद थारु मेयर पदमा र माओवादी केन्द्रका टोप नारायण बेलवासेको उपमेयरमा उम्मेदवारी रहेको छ।

यसैगरी एमालेका तर्फबाट मेयर पदमा विमला घिमिरे र उपमेयर पदमा चक्र अर्यालको उम्मेदवारी छ। वाणगंगा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठवन्धन र नेकपा एमालेको उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.