अबको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : पम्फा भुषाल

अबको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : पम्फा भुषाल

काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) की प्रवक्ता पम्फा भुषालले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नु भएको छ। आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै नेतृ भुषालले आफ्नो पार्टीले जनताको पक्षमा काम गरेकाले दोस्रो चरणको निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गर्नु भएको हो।

‘पहिलो चरणको निर्वाचनमा पनि हाम्रो त अपेक्षा धेरै नै थियो। तर, सोचेजस्तो भएन, अब दोस्रो चरणको निर्वाचनमा हामी पहिलो बन्छौं, धेरै सकारात्मक भोट ल्याउँछौं,’ भुसालले भन्नुभयो, ‘केन्द्रीय सांसदको चुनाव हुँदासम्म आफ्नो पार्टी पहिलो बन्छ।’

प्रवक्ता भुसालले चुनावप्रति जनताको आर्कषण बढ्दो भएकाले दोस्रो चरणको निर्वाचनमा पहिलो चरणको भन्दा मतदातामा बढी उत्साह भएको विश्वास व्यक्त गर्नुभयो।

‘हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी अहिले आफँै चुनावी अभियान लिएर देश दौडाहमा हुनुहुन्छ, आज मात्रै पनि उहाँ खोटाङ्, भोजपुरलगायतका पहाडी जिल्लामा पुग्नुभएको छ, हाम्रो संगठन सुदृढ छ, हामी दोस्रो चरणको निर्वाचनमा धेरै राम्रो गर्छौँ,’ प्रवक्ता भुसालले भन्नुभयो।

भुसालले प्रदेश नम्बर २ मा हुने निर्वाचनमा समेत आफ्नै पार्टी पहिलो बन्ने दाबी गर्नु भएको छ। ‘राजपाले चुनावमा भाग नलिए पनि राजपाका नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ, यो निर्वाचन प्रतिको उत्साह हो,’ भुषालले भन्नुभयो, ‘मतको हिसाबले तीनै पार्टी उस्तै अवस्थामा छन्, मधेसमा पनि हाम्रो अवस्था राम्रो छ, मधेसलाई अधिकारसम्पन्न बनाउने एजेन्डा हाम्रो पार्टीसँग मात्र छन्। त्यसैले तेस्रो चरणमा हुने प्रदेश नम्बर २ को निर्वाचनमा पनि हाम्रै पार्टी पहिलो बन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.