चुनावी सभामा ओली र पौडेलको जुहारी

चुनावी सभामा ओली र पौडेलको जुहारी

 

बुटवल : प्रदेश नं ५ मा दलहरूको प्रतिष्ठाको केन्द्र बनेको बुटवलमा दुई प्रमुख प्रतिस्पर्धी पार्टीले चुनावी सभा गरेका छन् । एमाले र कांग्रेस-माओवादी गठबन्धनले एक किलोमिटरको दूरीमा चुनावी सभा गरेका हुन् । बुटवलमा कांग्रेस र माओवादीले गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् भने एमालेले एकल उम्मेदवारी दिएको छ । बुटवलको ट्राफिक चोकमा गरेको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नुभयो।

अध्यक्ष ओलीले निर्वाचनमा सबै तहमा उम्मेदवारी दिन नसकेको कांग्रेससँग निर्वाचनमा उत्रिने हैसियत सकिएको बताउनुभयो । माओवादी केन्द्रसँग चुनावी तालमेल गरे पनि एमालेसँग टक्कर लिन नसक्ने उहाँको दाबी छ । ‘कांग्रेस ऊ बेला बलियो थियो, अहिले बैंस सकियो', ओलीले कटाक्ष गर्नुभयो, ‘भकिम्लाको कुहिएको दाउराजस्तो माओवादीले कांग्रेसको बूढो रूखलाई धान्न सक्दैन ।' कांग्रेस बूढो भइसकेको भन्दै उहाँले चुनाव जितेका पुराना इतिहास मात्रै सम्झन योग्य रहेको बताउनुभयो ।

नेता ओलीले नेपालमा भोट दिनुपर्ने एक मात्रै पार्टी एमाले भएकोसमेत दाबी गर्नुभयो । ‘एमालेलाई भोट दिनु नपर्ने कुनै कारण छ ? ', उहाँले मतदातासँग प्रश्न गर्नुभयो । कांग्रेस चुनावमा आउन डराएर नै प्रदेश नं २ को चुनाव सारको उहाँले आरोप थियो । ‘यी दुई चुनाव पनि गर्न उसको मनसाय थिएन, कठालामा समातेर घिसार्दै एमालेले ल्याएको हो', उहाँले भन्नुभयो, ‘राजपालाई माध्यम बनाएर प्रदेश २ को चुनाव सारिएको छ ।'

निर्वाचनमा पराजय हुने डरले कांग्रेस पछि हटेको उहाँले दाबी गर्नुभयो । माओवादीसँगको कांग्रेस गठबन्धन देशलाई विभाजन गर्ने उद्देश्यले भएको उहाँले बताउनुभयो । ‘एमालेले संसदमा विरोध गर्‍यो, जनताले बुटवलको सडकमा उत्रिएर विरोध गरे', उहाँले भन्नुभयो, ‘पहाड र तराईको सम्बन्ध टुक्र्याउन खोज्ने लाजबिना भोट माग्न आएका छन् ।'


माओवादी केन्द्रसँग चुनावी तालमेल गरे पनि कांग्रेसले एमालेसँग टक्कर लिन सक्दैन ।
केपी शर्मा ओली
अध्यक्ष, एमाले

एमाले अधिनायकवाटी बाटोमा हिँडिरहेको छ, म उसलाई लोकतान्त्रिक बाटोमा आएर सच्चिन आग्रह गर्छु ।
रामचन्द्र पौडेल
वरिष्ठ नेता, कांग्रेस

नेता ओलीले राष्ट्रको समृद्धि, विकास र नेतृत्वका लागि एमालेको विकल्प नभएको दाबी गर्नुभयो । नेपालमा रेल ल्याउनेभन्दा खिसिट्युरी गर्नेहरूको घोषणापत्रको कभरमै रेलको तस्बिर देख्दा आफू खुसी भएको उहाँले बताउनुभयो । यता एमाले उपमहासचिव विष्णु पौडेलले भने बुटवलमा कांग्रेसले पराजय स्वीकारिसकेको दाबी गर्नुभयो । ‘रूखमा भोट हाल्नु थियो भने १० वर्ष बन्दुक पड्काएर मान्छे किन मारियो ? जनले उत्तर खोजेका छन्', उहाँले भन्नुभयो । अर्का उपमहासचिव घनश्याम भुसालले अंग्रेजहरूलाई हराउने जितगढी किल्ला भएको स्थानमा कांग्रेस-माओवादीलाई जित्न छुट नभएको बताउनुभयो ।

एमाले अधिनायकवादी लाइनमा : पौडेल

गठबन्धनको सभामा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाले अधिनायकवादी बाटोमा हिँडेको आरोप लगाउनुभएको छ । ‘एमाले अधिनायकवाटी बाटोमा हिँडिरहेको छ, म लोकतान्त्रिक बाटोमा आउन आग्रह गर्छु', उहाँले भन्नुभयो । नेता पौडेलले हिमाल, पहाड र तराईको एकता नै राष्ट्रवाद भएको उहाँको भनाइ छ । जातिजाति र पहाड, तराईबीच विभाजनको रेखा कोर्ने पार्टी राष्ट्रवादी हुन नसक्ने भन्दै उहाँले एमालेको आलोचनासमेत गर्नुभयो । एमालेले पार्टीको चुनाव चिह्नसँगै राष्ट्रिय झन्डा प्रयोग गरेको आरोप लगाउनुभयो । ‘राष्ट्रिय झन्डाको दुरुपयोग गरेर एमालेले के गर्न खोजेको हो ? ', उहाँले प्रश्न गर्नुभयो ।

एमालेमा अधिनायकवादी सोच हाबी रहेकाले उसले सर्वसत्तावादको बाटो त्यागी लोकतान्त्रिक हुन उहाँले सुझावसमेत दिनुभयो । राष्ट्रको विकासका लागि कांग्रेसको जित आवश्यक रहेको उहाँले बताउनुभयो । माओवादी-कांग्रेस गठबन्धन प्रादेशिक र संघीय संसदको निर्वाचनसम्म मिलेर जाने उहाँको भनाइ छ ।
कार्यक्रममा माओवादी केन्द्रका नेता चन्द्रप्रकाश खनालले कांग्रेस-माओवादी गठबन्धन अझै पाँच वर्ष चल्ने दाबी गर्नुभयो । ‘यो सम्बन्धलाई हामी अझ अघि लैजान चाहन्छौं', उहाँले भन्नुभयो, ‘प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन अगाडि बढ्छ ।' आगामी पाँच वर्ष अझै कांग्रेस-माओवादी सरकार चल्ने खनालको भनाइ छ । दुई पार्टीबीचको बगठबन्धन चुनाव जित्न मात्र नभई संविधान कार्यान्वयनका लागि रहेको उहाँले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.