सुनवल बम घटनाको अनुसन्धान गर्न चार पक्राउ

सुनवल बम घटनाको अनुसन्धान गर्न चार पक्राउ

नवलपरासी : नवलपरासीको सुनवलमा आइतबार मानवीय क्षति हुने गरी गराइएको बम विष्फोट घटनाको अनुसन्धान गर्न प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।सनुवल नगरपालिकाका विभिन्न राजनीतिक दलले निकालेको चुनावी जुलसमा नेकपा माओवादी केन्द्रलाई लक्षित गरी आइतबार दिउँसो सोमनाथ पुलमा बम विष्फोट गराइएको थियो ।

प्रहरीले टाईम बम राखेर विष्फोट गराएको अनुमान गरेको छ । विष्फोटमा ६ जना घाइते भएका छन् । घाइते मध्ये सुनवल नगरपालिकाका लेखनाथ सुवेदीको अवस्था गंभीर रहेकाले उपचारका लागि काठमाण्डौं पठाइएको छ । अर्की गंभीर घाइते बेलकुमारी कठरियाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

विष्फोट नेत्रचन्द विक्रम विप्लव समूहले गराएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई जिल्लाका विभिन्न स्थानमा भएका बम विष्फोट, सवारीसाधन माथिको आगजनीका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा विनयीत्रिवेणी गाउँपालिका- ३ का पुरुषोत्तम रेग्मी(५६), सरावल गाउँपालिका- १ का कान्तीशंकर पराजुली (३९), सुनवल नगरपालिका-१२ की दुर्गादेवी पाण्डे( ४०) र मध्यविन्दु नगरपालिका-९ का धनबहादुर कुमाल(४२) छन् । उनीहरुले निर्वाचन विरोधी शंकास्पद गतिविधि गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक चौधरीले बताउनुभयो ।

मनोनयन दर्तापछिको एक हप्ताको अवधिमा बर्दघाट र सुनवल नगरपालिकामा पाँच वटा विष्फोट र आगजनीका घटना भएका छन् । जसमा तीन वटा विष्फोट र दुई वटा सवारी साधन माथि आगजनी भएका छन् । घटनामध्ये चार वटा माओवादी केन्द्र माथि भएका छन् । एउटा विष्फोटको घटना एमालेका उम्मेदवारको घरमा गराइएको छ । सबै घटना विप्लव समूहले गराएको आशंकामा जिल्ला सुरक्षा समितिले उनीहरुमाथि निगरानी बढाउँदै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.