रोथो मेन्थोलेटमको आयोजनामा फुटसल

रोथो मेन्थोलेटमको आयोजनामा फुटसल

काठमाडौं: जापानको प्रतिष्ठित कम्पनी रोथो मेन्थोलेटमको आयोजनामा ‘इन्टर कलेज फुटसल' प्रतियोगिता सम्पन्न भएको छ ।

पुरुषको छालालाई उपयुक्त डन्डिफोर रोक्ने अक्सी फेसवास नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ जुन युवामाझ लोकप्रिय पनि रहेको बताइको छ । अक्सी फेसवास पाँच विभिन्न प्रकारमा बजारमा उपलब्ध छ । राजधानीभित्र बढेको प्रदुषणले छालामा परेको असरलाई समाधान गर्न अक्सी फेसवास प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

पहिलो ‘अक्सी इन्टरकलेज फुटसल टुर्नामेन्ट' शंखमूल फुटसल मैदानमा सम्पन्न भएको कम्पनीले जनाएको छ । जेष्ठ २० गतेबाट सुरु भएको उक्त खेल १६ कलेजबीच नकआउट बेसिसमा भएको थियो । नेपाल फुटसल एसोसिएसनका अध्यक्ष रमेश रायमाझीको आतिथ्यमा क्याम्पियन कलेज र किंग्स कलेजबीच फाइनल खेल भएको थियो ।

नगद पुरस्कार ५० हजार र ट्रफीसहित क्याम्पियन कलेज विजेता घोषित भएको छ भने किंग्स कलेजले उपविजेताका रूपमा नगद पुरस्कार २० हजार र ट्रफी हात पारेको छ । त्यस्तै थापाथली इन्जिनियरिङ कलेज तेस्रो स्थानमा रह्यो । बेस्ट खेलाडी क्याम्पियन कलेजका येनिस अवाले र बेस्ट गोल रक्षक किंग्स कलेजका अंकित श्रेष्ठ भएका छन् । उनीहरूले नगद १० हजार र ट्रफी हात पारेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.