टुरिजम बैंकद्वारा सेवा विस्तार

टुरिजम बैंकद्वारा सेवा विस्तार


काठमाडौं: टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले प्रविधिमा आधारित थप बैंकिङ सेवासुविधा विस्तार गरेको छ । विद्यमान सेवा सुविधालाई परिष्कृत, अत्याधुनिक, विश्वसनीय, प्रविधिमैत्री एवं पहुँंचयोग्य बनाउन बैंकले आफ्नो सेवा विस्तार गरेको हो ।

बैंकले ईएमभी चिप प्रविधिमा आधारित भिसा डेबिट कार्ड यूएस डलर कार्ड अन्तर्राष्ट्रिय ट्राभल कार्ड जारी गरेको छ । यी कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने अत्याधुनिक ईएमभी चिप प्रविधिमा आधारित भएकाले धेरै सुरक्षित छन् । भिसा डेबिट कार्ड नेपाल र भारतका एक लाखभन्दा बढी एटीएममा चल्नेछ । भिसा अन्तर्राष्ट्रिय ट्राभल कार्डमार्फत विश्वको जुनसुकै ठाउँबाट त्यहाँको स्थानीय मुद्रामा पैसा निकाल्न र भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

यसका साथै बैंकले स्मार्ट मोबाइल बैंकिङ सेवा पनि सुरु गरेको छ । यस नयाँ प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै जीपीआरएस अथवा वाइफाइमार्पत विश्वको कुनै पनि ठाउँबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ । यसमार्फत प्रयोगकर्ताले बैंकका नयाँ शाखा, खाता, सेवालगायत एटीएम सञ्जालबारे जानकारी प्राप्त गर्न सक्नेछन् । यसमार्फत अन्तर बैंक भुक्तानीका साथै वस्तु तथा सेवा खरिदबापत भुक्तानी गर्न सकिनेछ । बैंकले पोइन्ट अफ् सेल्स मेसिनसमेत सुरु गरेको जनाएको छ । उक्त मेसिन ईएमभी चिप प्रविधिमा आधारित भएकाले कारोबार सुरक्षित हुने बैंकको दाबी छ । बैंकका अनुसार उक्त नयाँ सेवाबाट व्यवसायीलाई आफ्नो व्यवसाय बढाउन मद्दत पुग्नुका साथै ग्राहकले कुनै पनि बैंकको डेबिट/क्रेडिट कार्डबाट सहज एवं सरल रूपमा कारोबार गर्न सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकको सहजतालाई मध्यनजर गर्दै अनलाइनबाट सेयर भर्ने व्यवस्थासमेत सुरु गरेको छ । बैंकले हाल प्रदान गर्दै आएको आस्वा सेवालाई प्रभावकारी बनाउँदै ग्राहकलाई थप सुविधा दिन छिट्टै अनलाइनबाट सेयर भर्ने व्यवस्था गर्ने जनाएको हो । यसका साथै बैंकले आठ नयाँ शाखा तथा पाँचवटा थप एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने योजना बनाएको छ भने वित्तीय पहुँच नभएका केही स्थानमा शाखारहित बैंकिङ सेवासमेत सुरु गर्ने योजना बनाएको बैंकले जानकारी दिएको छ । साथै बैंकले कानुनको परिधिभित्र रहेर वैदेशिक लगानीकर्ताका लागि परामर्श सेवा सुरु गर्ने योजना बनाएको छ । यसका लागि बैंकले जापानी लगानीकर्तासँग छलफल गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.