जेडटीई ब्लेड ए २ प्लस स्मार्टफोन बजारमा
काठमाडौं: नेपालका लागि जेडटीई मोबाइल ब्रान्डको अधिकृत बिक्रेता इभोलुसन इन्टरप्राइजेज प्रालिले जेडटीई ब्लेड ए २ प्लस स्मार्टफोन बजारमा ल्याएको छ । ब्याट्री क्षमताको आधारमा उत्कृष्ट स्मार्टफोनको रूपमा विश्व बजारमा स्थान बनाएको स्मार्टफोन २३ हजार नौ सय रुपैयाँमा नेपाली बजारमा उपलब्ध छ ।
पाँच हजार एमएएच ब्याट्री क्षमता रहेको यस स्मार्टफोनमा ४ जीबी र्याम प्रयोग भएको छ । यो स्मार्टफोन द्रुत गतिमा चल्नुका साथै गेम खेल्न, वेब ब्राउजिङ तथा एकैपटक विभिन्न कार्य गर्नका लागि उपयुक्त हुनेछ । ३२ जीबीको इन्टरनल स्टोरेज रहेको यो स्मार्टफोनमा एसडीकार्ड प्रयोग गरी एक सय २८ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।
स्मार्टफोनमा १.५ गिगाहर्जको अक्टाकोर मिडियाटेक एमटी ६७५० टी प्रोसेसर प्रयोग गरिएको छ । पाँच हजार एमएएचको नन रिमुभेबल ब्याट्रीका साथै ओटीजी रिभर्स चार्जिङ प्रविधि पनि प्रयोग गरिएको छ । यसले ब्याट्री चार्ज छिटो हुनेछ । ब्लेड ए २ प्लसमा ५.५ इन्चको एचडी डिस्प्ले र ४०१ पिक्सेल डेन्सिटी छ ।
स्मार्टफोनमा १३ मेगापिक्सलको रियर पीडीएएफ क्यामेरा र सेल्फीका लागि ८ मेगापिक्सलको क्यामेरा प्रयोग गरिएको छ । क्यामेरामा ०.३ फेस-डिटेक्सन अटो-फ्ल्यास, ०.३ सेकेन्डमा एकुरेट फोकसिङ, दौडिरहेका वस्तु वा मानिसको सटिक तस्विर लिन तथा पानोरमा सेल्फीजस्ता फिचर छन् । अगाडिको क्यामरामा स्क्रिन फ्ल्यास पनि प्रयोग गरिएको छ ।
स्क्रिन फ्ल्यासबाट रातिको समयमा नेचुरल फोटो खिच्नका लागि स्मार्टफोनको पूरै स्क्रिनबाट फ्ल्यास उपलब्ध हुने कम्पनीले जनाएको छ । पानोरमा सेल्फी फिचर भएकाले वाइड-एङ्गल तस्विर पनि लिन सकिन्छ । यसका साथै डुअल सिम सपोर्ट, फोरजी नेटवर्क, एक्सेलेरोमिटर सेन्सर, प्रोक्सिमिटी सेन्सर, कम्पास, हल सेन्सर, एफएम रेडियोलगायत फिचर छन् ।