गुराँस लाइफको आठ प्रतिशत बोनस

गुराँस लाइफको आठ प्रतिशत बोनस

काठमाडौं : गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई आठ प्रतिशतका दरले बोनस सेयर प्रदान गर्ने भएको छ । शुक्रबार सम्पन्न कम्पनीको आर्थिक वर्ष २०७१/०७२ र आर्थिक वर्ष २०७२/०७३ को आठौं साधारणसभाले उक्त निर्णय गरेको हो ।

उक्त साधारणसभाले आव २०७३÷२०७४ का लागि लेखा परीक्षक नियुक्तिलगायत कम्पनीमा संस्थापक सञ्चालकको रिक्त चार स्थानमा विवेक दुगड, ऋषिकुमार गाडिया, शम्भुप्रसाद सुवेदी, मेघराज पौडेल र स्वतन्त्र सञ्चालकमा शिवबहादुर श्रेष्ठलाई गरिएको नियुक्ति पारित गरेको छ ।

विशेष प्रस्तावमा कम्पनीको आर्जित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आठ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने प्रस्तावका साथै उक्त बोनस सेयर जारी भएपश्चात हुन आउने चुक्ता पुँजीको ५० प्रतिशत (२:१) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ । साधारणसभाले चुक्ता पुँजी वृद्धिलगायत अन्य विविध विषयमा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.