धरानको महेन्द्रपथमा मञ्जु श्री फाइनान्सको शाखा
काठमाडौं : मञ्जु श्री फाइनान्स लिमिटेडले सुनसरी जिल्लाको धरानस्थित महेन्द्रपथमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नवौं शाखा कार्यालयको रूपमा फाइनान्सले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
मञ्जु श्री फाइनान्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दामोदरप्रसाद गौतमले उक्त शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर तथा नेपालगन्जमा शाखा रहेका छन् ।
चुक्ता पुँजी ७२ करोड ४३ लाख ७८ हजार रहेको राष्ट्रियस्तरको यस फाइनान्सले निक्षेप तीन अर्ब ५० करोड तथा कर्जातर्फ तीन अर्ब ७१ करोड रुपैयाँ परिचालन गरेको छ । यसका साथै फाइनान्सले विप्रेषण, एटीएम सेवालगायत निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।