बागलुङमा एनटीसीको जीएसएम सेवा

बागलुङमा एनटीसीको जीएसएम सेवा

काठमाडौं: नेपाल टेलिकम (एनटीसी) ले बागलुङ जिल्लाको उत्तर पश्चिम भेगको बिकट स्थान तमान खोलामा बीटीएस स्थापना गरी जीएसएम मोबाइल सेवा विस्तार गरेको छ ।

टेलिकमले शुक्रबारबाट उक्त स्थानमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो । टेलिकमले उपलब्ध गराएको जानकारी अनुसार उक्त स्थानमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुग्न सकेको थिएन । तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानखोलामा स्थापित बीटीएसबाट तमानखोला गाउँपालिकाको वडा नम्बर ३ र ४ का करिब ६ सय घरधुरीका वासिन्दा र खुङखानीको वडा नम्बर ६ का वासिन्दा लाभान्वित हुनेछन् ।

यो सँगै उक्त क्षेत्रका वासिन्दाले मोबाइल फोनमार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको टेलिकमले जनाएको छ । तमानखोला बागलुङ जिल्ला सदरमुकामबाट एक सय १६ किलोमिटर सडक मार्गको यात्रापश्चात करिब डेढ घन्टाको पैदलमार्गको दुरीमा छ । उक्त स्थान छिमेकी जिल्ला म्याग्दीको सिमानासंँग जोडिएको छ ।

दुर्गम तथा अति बिकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीतिअनुसार कम्पनीले उक्त क्षेत्रमा सेवा विस्तार गरेको जनाएको छ । प्रतिफल कम आउने र तुलनात्मक रूपमा लगानी बढी हुने स्थानमा समेत समान रूपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै उक्त स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.