टाटा मोटर्सद्धारा योग दिवसमा कार्यक्रम
कठमाडौं: टाटा मोटर्स तथा टाटाको नेपालका लागि अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा एक समारोहको आयोजना गरेको छ । उक्त समारोह जेठ २७ गते लाजिम्पाटमा रहेको इन्डिया हाउसमा आयोजना भएको थियो ।
हजारौं वर्षअघि भारतवर्षमा सुत्रपात भएको योग विद्या एक प्रकारको भौतिक, मानसिक एवं आध्यात्मिक अभ्यास वा विधि हो । यसको अभ्यासले हुन जाने सकारात्मक योगदानको कदर गर्दै सयुंक्त राष्ट्र सघंद्वारा तीन वर्षअघि जुन १० का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा भएको थियो । उक्त समारोहलाई सम्बोधन गर्दै टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार, कमर्सियल भेइकल विभागका प्रमुख रुद्ररुप मैत्रले सिप्रदी ट्रेडिङ प्रालि एवं भारतीय राजदूतावासले संयुक्त रूपमा यस वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउन पाउँदा खुसी लागेको बताउनुभयो ।
उहाँले योगाभ्यास शरीर र मनलाई स्थिर राख्न तथा मानसिक तनाव न्यून गर्ने एक प्रभावकारी उपाय भएको जानकारी दिनुभयो । उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत मनजीतसिहं पुरीले योग सुस्वास्थ एवं समृद्धिका लागि महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यो विषय केवल एक व्यायाम मात्र नभई, आफ्नो व्यक्तिगत पहिचानका साथै त्यसलाई आत्मसात गर्ने एक महत्वपूर्ण विधि भएको उल्लेख गर्नुभयो ।
अन्तर्राष्ट्रिय योग दिवस मनाउन टाटा मोटर्ससँग सहकार्य गर्न पाएकोमा राजदूत पुरीले खुसी व्यक्त गर्नुभएको कम्पनीले जनाएको छ । सोही अवसरमा सिप्रदी ट्रेडिङ कम्पनीका प्रमुख कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले पहिलो पटक यस वर्ष टाटा मोटर्स तथा सिप्रदीले भारतीय राजदूतावासद्वारा आयोजित अन्तर्राष्ट्रिय योग दिवसमा भाग लिएको बताउनुभयो । उहाँले पूर्ण सचेतनासहित आफू तथा प्रकृतिप्रति पूर्ण उत्तरदायी भई जीवन व्यतित गर्न योगाभ्यास अपनाउन सबैलाई आग्रह गर्नुभयो ।