सुनसरीको दुहवीमा एनआईसीको शाखा
काठमाडौं: सुनसरी जिल्लाको दुहवीमा एनआईसी एसिया बैंकले आफ्नो शाखा स्थापना गरेको छ । बैंकले आफ्नो १०८औं शाखाको रूपमा सुनसरी जिल्लास्थित दुहवीमा आइतबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन दुहवी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोदकुमार चौधरी एवं दुहवी उद्योग वाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले संयुक्त रूपमा गर्नुभयो । शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार र ग्राहक संख्याको आधारमा एनआईसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंक भएको बैंकको दाबी छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालन गर्ने जनाएको छ ।