पहिलो भ्रमण उत्तर कोरिया गर्ने दक्षिण कोरियाका राष्ट्रपतिको अमेरिका भ्रमण तय
सोल : नेपालमा विनाशकारी भुकम्पले भत्काएका संरचनाको अवलोकन गरेर फर्कनु भएपछि राष्ट्रपति निर्वाचित हुनु भएका दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि त्यसतर्फ जान लाग्नुभएको छ ।
उहाँ सो भ्रमणमा जान लाग्नुभएको समाचार सोमबारका कोरियाली मिडियाले दिएका छन्।उहाँ यसै हप्ता अमेरिका जान लाग्नुभएको र त्यहाँ उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्नुहुनेछ । पछिल्लो समयमा उत्तर कोरियाले दक्षिणका विरुद्धमा भन्दै आणविक परिक्षणका साथै दक्षिणको विरोध गरेका अभिव्यक्तिहरु आक्रामक रुपमा दिने गरेको छ । यस्तो अवस्थामा दक्षिणका राष्ट्रपतिले अमेरिकाको भ्रमण गर्न लाग्नुभएको छ।
उहाँले यसै विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग पनि भेटवार्ता गर्नुहुने समाचारमा जनाइएको छ। उहाँले यसअघि दिनुभएको एक अभिव्यक्तिमा आफूले पहिलो भ्रमण उत्तर कोरियाको गर्ने बताउनुभएको थियो। तर त्यो नभएर उहाँले अमेरिकाकै भ्रमण गर्न लाग्नुभएको अधिकारीहरुले जनाएका छन्। उहाँ स्पष्ट बहुमतका साथ गत महिनामात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो।उहाँ राष्ट्रपति भएपछिको यो नै पहिलो विदेश भ्रमण हो।
उत्तर कोरियाले बारम्बार अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै अन्य प्रचलित कानुनको उल्लङ्घन गर्दै आणविक परीक्षण गरिरहेको छ । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले उत्तर कोरिया एक खतरनाक धम्की हो भन्नुभएको छ।उहाँले उत्तर कोरियालाई यसरी बारम्बार आणविक परीक्षण गर्न दिनु भनेको भोलिका लागि विश्वकै खतरा हो भन्नुभयो । त्यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको हतियार कार्यक्रम आफ्नो विदेश नीतिको प्राथमिकतामा नै परेको भनाई बारम्बार दोहार्याउँदै आउनुभएको छ ।
संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया लगायत विश्वले नै बारम्बार हतियारको दम्भ प्रदर्शन नगर्न भन्दै चेतावानी दिइरहँदा पनि उत्तरले आफ्नो आणविक परीक्षणको काम भने रोकेको छैन ।
यसैबीच उत्तर कोरियाले अमेरिकाका विरुद्धमा आइतबार प्योङयाङमा विरोध प्रदर्शन गरेको प्राप्त अर्का एक समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार उत्तर कोरियाले अमेरिकाका विरुद्धमा सङ्घर्ष सुरु गरेको दिनको स्मरणरुप भन्दै आइतबार विशाल जुलुसको आयोजना गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
उक्त जुलुसमा सत्ताधारी वर्कसर्् पार्टीका उच्च अधिकारीका साथै त्यहाँको सरकारी ओहदामा रहेका उच्च पदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका सो समाचारमा उल्लेख छ । जुलुसमा सबै क्षेत्रमा कोरियाली नागरिकको सहभागिता रहेको थियो । सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५ को स्मरण गरेको जनाएका थिए ।
सन् १९५० को जुन २५ मा कोरियाले अमेरिकाको विरुद्धमा संघर्ष सुरु गरेको जनाएको थियो । त्यस संघर्षका लागि पनि अमेरिकालाई दोषी ठह¥याएका कोरियाली केन्द्रीय समाचार संस्था (केएनसीए) ले बताएको छ । जुलुसमा सहभागी कोरियालीले आफ्ना नागरिकविरुद्ध अमेरिकाले अन्याय गरेको र उनीहरूले यस्तो क्रुरता र अन्यायपूर्ण ब्यवहार कहिल्यै नबिर्सने बताएका केएनसीएले जनाएको छ । रासस/एएफपी