बिप्लव र राजपा पनि चुनावको समर्थनमा : गृहमन्त्री

बिप्लव र राजपा पनि चुनावको समर्थनमा : गृहमन्त्री

तुलसीपुर : गृहमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले निर्वाचनको विरोधमा रहेका दुई दल नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनको सर्मथनमा रहेको वताउनु भएको छ । उहाँले दोस्रो चरणको निर्वाचनबाट ती दुई दलले विरोधको एजेण्डा हटाएर चुनावी सर्मथनमा आएको बताउनु भयो ।

निर्वाचनको विरोध गर्ने दुबै दल घुमाउरो पाराले निर्वाचनमा सहभागी भएको भन्दै अव निर्वाचनको विरोध कतैबाट नभएको र सबैको सहमतिमा निर्वाचन हुन लागेको वताउनु भयो । ‘जसले विरोध गरिरहेको छ उही निर्वाचनमा आएपछि निर्वाचन विरोधको के तुक रहयो र ?’ गृहमन्त्री शर्माले भन्नुभयो, ‘विरोध गर्ने विप्लवदेखि राजपासम्म प्रक्रियामा आइसके । चुनावमा सहमति जनाई सके ।’
सोमबार दाङको तुलसीपुरमा रिपोटर्स क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा गृहमन्त्री शर्माले त्यस्तो वताउनु भएको हो । ‘निर्वाचन खारेजीको घोषणा गरिरहेकाहरुको कुरा नैतिक रुपमा समाप्त भइसकेको छ’उहाँले भन्नुभयो‘यो निर्वाचन सबैको सहभागितामा सफलता पुर्वक सम्पन्न हुदै छ । जनक्रान्तिको भेष्ट लगाएर थवाङ र पाखापानीमा निर्वाचनमा सहभागी भएको विप्लव र तराईमा स्तन्त्ररुपमा चुनावमा गएको राजपाले निर्वाचनमा सहमति देखाएको पुष्टि हुन्छ । कतै सहभागि हुने र कतै बहिस्कारको कुरा गर्नु नीतिगत रुपमा मिल्दैन ।’ त्यसलाई सहभागिता कै रुपमा लिनु पर्ने उहाँले बताउनुभयो ।
सबै मिलेर निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको भन्दै शन्ति सुरक्षामा कुनै कमि नरहने बताउनु भयो । निर्वाचनलाई शान्ति पूर्ण रुपमा सम्पन्न गराउनका लागि नेपाल प्रहरीलाई प्रमुख जिम्मेवारी प्रदान गरिएको र त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेना समेत सुरक्षाको लागि परिचालन भएको बताउनुभयो । असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न उहाँले मतदातालाई आग्रह समेत गर्नुभयो ।
स्थानीय निर्वाचन सबैको सल्लाहले तीन चरणमा गर्न लागेको जानकारी गराउँदै मंसिर भित्रमा सबै तहको निर्वाचन गराउने तयारी सरकारले गरेको वताउनु भयो । उहाँले राजपाको सहमति र प्रस्तावमा दुई नम्बर प्रदेशको निर्वाचन असोजमा सारिएको वताउनु भयो ।
निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता र दलहरुको स्वच्छ प्रतिस्पर्धा रहने निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न हुने मन्त्री शर्माले वताउनु भयो ।
गृहमन्त्री शर्माले तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ अपहरणको घटनालाई सरकारले अत्यन्तै गम्भीरताका साथ हेरेको र अनुसन्धानलाई सशक्त बनाएको वताउनु भयो । उहाँले यो घटनाको वारेमा छिट्टै सत्य तथ्य सार्वजनिक गरिने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.