शान्तिपूर्ण रुपमा मतदान गर्ने वातावरण बनाउन अमेरीका र बेलायतको आग्रह

शान्तिपूर्ण रुपमा मतदान गर्ने वातावरण बनाउन अमेरीका र बेलायतको आग्रह

काठमाडौं : दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदाताहरुले शान्तिपूर्णरुपमा मतदान गर्ने वातावरण निर्माण गर्न नेपालस्थित अमेरीकन र बेलायती दुतावासले आग्रह गरेका छन् ।
सोमवार छुट्टाछुट्टै विज्ञप्तीमार्फत यी दुई देशले प्रदेश १, ५ र ७ का नागरिकहरूलाई स्थानीय जनप्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने अवसर प्रदान गर्न आग्रह गरेका हुन् । अमेरीकि दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय तह निर्वाचनको दोस्रो चरणलाई स्वतन्त्र, स्वच्छ तथा पारदर्शी रूपमा सम्पन्न गर्नका निम्ति नेपाल सरकार, निर्वाचन आयोग, नागरिक समाज, राजनीतिक दल र नागरिक लगायत सबै सरोकारवालाहरूले गरेको प्रयत्‍नको संयुक्त राज्य अमेरिका उच्च मूल्याङ्कन गर्न चाहन्छ । निर्वाचनद्वारा नै नागरिकले आफ्नो राजनीतिक इच्छा व्यक्त गर्दछन् । यस अधिकारलाई नेपालको कानुन र संविधानका साथै मानव अधिकारको विश्‍वव्यापी घोषणाको धारा २१ मा प्रत्याभूत गरिएको छ ।’

यस्तै बेलायती दुतावासद्वारा जारी विज्ञप्तीमा शान्तिपूर्ण रुपमा मतदान गर्ने नागरिकको अधिकारको सुनिश्चिता गर्न सरोकारवाला निकायसंग आग्रह गरिएको छ । साथै सुरक्षाकर्मीलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न आग्रह गरिएको छ ।  
दुबै देशले शान्तिपूर्ण, समावेशी, व्यापक समर्थन(प्राप्‍त तथा विश्‍वसनीय निर्वाचन प्रक्रियाका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्नका लागि प्रतिवद्ध रहेको जनाएको छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.