टीसीएल ब्रान्डका स्मार्ट टीभीमा बढ्दो आकर्षण

टीसीएल ब्रान्डका स्मार्ट टीभीमा बढ्दो आकर्षण

काठमाडौं : पछिल्लो समय ग्राहकमाझ स्मार्ट टीभीको आकर्षण बढ्दो छ । टीभीलाई इन्टरनेटसँग कनेक्ट गरेर फेसबुक, ट्विटर, युट्युबलगायत सामाजिक सञ्जालको मजा ठूलो स्क्रिनबाट लिने प्रचलन बढेको छ । जसको प्रतिफल स्मार्टटीभीको बजारमा देखिएको छ । त्यसमा पनि नेपालमा टीसीएल ब्रान्डका स्मार्ट टीभीको बजार हरेक वर्ष १० प्रतिशतले बढ्दै गएको कम्पनीले जनाएको छ ।

नेपालमा टीसीएलको आधिकारिक बिक्रेताको रूपमा चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले यसलाई बजारमा भित्र्याउँदै आएको छ । विश्को तेस्रो ठूलो टीभी निर्माता कम्पनी टीसीएलको 'क्वान्टम डट टीभी' ले वर्षभरिकै ग्लोबल डिस्प्ले टेक एनिमेसन अवार्डसमेत हात पारिसकेको छ भने विश्वव्यापी बृहत् ठूलो स्क्रिन भएको उत्पादनको पुरस्कारसमेत प्राप्त गरेको छ । यस्तोमा कम्पनीले नेपाली बजारमा २० इन्च देखिका ५५ इन्चसम्मका टीभी बिक्री गरिरहेको छ । २० हजारदेखि एक लाख १४ हजार नौ सय ९९ रुपैयाँसम्मका साधारण एलईडी टीभीदेखि स्मार्ट टीभीसमेत छन् ।

कम्पनीका अनुसार टीसीएल ब्रान्डका स्मार्ट टीभीमा पनि ५५ इन्चको कर्भ टीभीले नेपाली बजारमा ठूलो स्थान बनाएको छ । एन्ड्रोएड ४.४ मा आधारित यो टीभीको मुख्य आकर्षणको रूपमा कर्भ फुल एचडी डिस्प्ले छ । साथै, स्मार्ट टीभीमा प्रयोग भएको 'एन-स्क्रिन' टीभीको दुनियाँमा एउटा उत्कृष्ट प्रविधि हो । यसमार्फत प्रयोगकर्ताले आफ्नो स्मार्टफोनलाई सिधै टीभीसँग जोडेर स्मार्टफोनको काम गर्न सक्नेछन् । स्मार्टफोनलाई टीभीको रिमोटका रूपमा समेत प्रयोगमा ल्याउन सकिनेछ । यसका साथै टीभीमा 'मिराकास्ट' प्रविधिको प्रयोग भएको छ, जसमार्फत प्रयोगकार्तले विनातार स्मार्टफोनमार्फत भिडियो तथा अडियो सामग्री टीभीमा जोड्न सक्नेछन् ।

एन्ड्रोएड ४.४ मा आधारित टीसीएल ब्रान्डका ५५ इन्च टीभीमा मोबाइलबाट टीभी र टीभीबाट स्पिकर टु वे ब्लुतुथ, एन-स्क्रिनजस्ता आकर्षण सुविधा छन् । टीभीमा राख्न डेक्सटप र वाल माउन्ट दुबै सुविधा रहेको यसमा गो लाइभ सिस्टम पनि छ । जसमार्फत प्रयोगकार्तले विश्वमा लाइभ भइरहेको विभन्नि च्यानल हेर्न सक्नेछन् । विभिन्न एप्सका साथ उपलब्ध रहेको टीभीमा प्रयोगकर्ताले आफूलाई आवश्यक पर्ने एप्स डाउनलोड गर्न सक्नेछन् ।

टीभीमा ब्राउजिङका लागि टी-ब्राउजरका साथै ग्वोबल अनलाइन म्युजिक स्ट्रिमिङ सुविधा पनि छ । टीभीमा युएसवी जडानका लागि मिडिया सेन्टर, मिडिया÷म्युजिक प्ले सुविधा छ । सजिलैसँग इन्टरनेट जडान गरी ठूलो स्क्रिनमा वेब दुनियासँग जोड्न मद्दत गर्ने यो टीभीको आकर्षण भनेको क्लाउड बेस प्लेट फर्म (टीभीको इन्टरनल मेमोरी प्रयोग नगरी सबै एपलाई क्लाउड सर्भरमा स्टोर गर्न सकिने) हो । यसले प्रयोगकर्ताले आफूले चाहेजति एप्स डाउनलोड गर्न सक्ने कम्पनीले जनाएको छ ।

उत्कृष्ट प्रविधि र आकर्षण डिजाइनसाथ बजारमा आएको टीसीएल ब्रान्डका ५५ इन्च टीभी गुणस्तरीय हिसाबले पनि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । एक लाख १४ हजार नौ सय ९९ रूपैयाँ बजारमा उपलब्ध भएको ५५ इन्चका टीसीएल ब्रान्डका टीभी यो रेन्जमा बजारमै सबैभन्दा सस्तो रहेको कम्पनीको दाबी छ । विभिन्न रेन्ज र मोडलमा बजारमा टीभी उपलब्ध गराउँदै आएको कम्पनीले नेपाली बजारमा अबको एक महिनाभित्रै ६५ इन्चका टीभीसमेत सार्वजनिक गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.