रियल स्कुल अफ नेपालको पाँचौं क्षेत्रीय फाइनल

रियल स्कुल अफ नेपालको पाँचौं क्षेत्रीय फाइनल

काठमाडौं: रियल स्कुल अफ नेपाल २०१७ अन्तर्गत पाँचौें क्षेत्रीय फाइनल मध्यमाञ्चलको काठमाडौंमा आइतबार सम्पन्न भएको छ । यस प्रतियोगितामा मध्यमाञ्चलको काठमाडौं क्षेत्रबाट विजयी विद्यालय सिद्घार्थ वनस्थली इन्स्टिच्युट घोषित भएको छ ।

विजयी विद्यालयका सहभागी विद्यार्थीमा अनुसुया चन्द, अभियान खड्का, परिवर्तन श्रेष्ठ, अक्शोभा विष्ट र क्रिस थापामगर रहेको आयोजकले जनाएको छ । विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कुल अफ नेपाल २०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, सिनियर समूहमा सिद्घार्थ वनस्थली इन्स्टिच्युटबाट एक्सटेम्पोरमा सायाना तिवारी, केन्द्रीय विद्यालयबाट डान्समा मेघा पन्त र फुटबलमा राइजिङ स्टार हाइयर सेकेन्डरी स्कुलबाट दिवश थापामगर विजयी भएका छन् । यससँगै प्रतियोगिताको पाचौं क्षेत्रीय (फाइनल) प्रतिस्पर्धा अन्त्य भएको छ ।

आयोजकले विजयी विद्यालय, सहभागी विद्यालय र विद्यार्थीलाई बधाई दिँदै सहभागी सबैलाई धन्यवादसमेत व्यक्त गरेको छ । अब छैटौं क्षेत्रीय (फाइनल) प्रतिस्पर्धा बिहीबार मध्यमाञ्चलको ललितपुरमा हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.