प्रहरी संगठनमा गुटबन्दी निषेध गर्ने गृहमन्त्रीको घोषणा

प्रहरी संगठनमा गुटबन्दी निषेध गर्ने गृहमन्त्रीको घोषणा

काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठन भित्र गुटबन्दी निषेध गर्ने घोषणा गर्नु भएको छ । चेन अफ कमाण्ड र कमाण्ड कन्ट्रोललाई पनि व्यवस्थित र प्रभावकारी बनाउने उहाँले बताउनुभयो।

सरुवा र बढुवाका लागि राजनीतिक दलका नेताहरु धाउने प्रवृत्ति अन्त्य गर्न गृहमन्त्री शर्माले गुटबन्दी अन्त्यको घोषणा गर्नु भएको हो । प्रहरी संगठनलाई राजनीतिक दलका नेताहरुले आफ्नो अनुकुलमा परिचालन गर्न खोज्न सुरक्षा व्यवस्थामा पनि असर पर्न थालेको छ ।

गृहमन्त्रालयद्वारा प्रशासन सुधार सम्बन्धी कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले चेन अफ कमाण्ड तोडेर भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।

प्रहरीलाई घरेलु कामदारका रुपमा दुरुपयोग रोक्ने,लामो समय बढुवा नहुने र पदसोपान नमिलाउने व्यवस्था हटाउने, भौगोलिक विकटताका आधारमा रासन सुविधामा फरक हुने,प्रहरी संगठनका प्रमुखहरुको कार्यसम्पादनमा करार गर्ने र वृत्ति विकासलाई कार्यसम्पादनको आधार बनाउने घोषणा गृहमन्त्री शर्माले गर्नुभयो ।

अंग भंग भएकाहरुको स्वास्थ्य सेवा र सम्मानजनक अवकाशको व्यवस्था मिलाउने,गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर राख्ने, प्राप्त भएका गुनासालाई छानबिन गरी कार्वाही गर्ने, अवरुद्ध राजमार्गलाई आधा घण्टा भित्र बल प्रयोग गरी खुलाउने, विरोध प्रदर्शन गर्ने निश्चित क्षेत्र तोक्ने, छाप्रोमा रहेका प्रहरी कार्यालय र आवासलाई व्यारेकमा बदल्ने, वैदेशिक रोजगारीमा ठकिने र बेचिने कार्य रोक्न दुतावासहरुमा प्रहरी सहचारीको खटाउने, १० मिनेट भित्र प्रहरी घटनास्थलमा पुग्ने व्यवस्था मिलाउने, अवकाश प्राप्त प्रहरी अधिकारीको पेन्सन सम्बन्धित जिल्लाबाट पाउने व्यवस्थामिलाउने घोषणा पनि गृहमन्त्री शर्माले गर्नुभयो ।

विपद जनसेवा व्यूरो गठन गर्ने,सात वटै प्रदेशमा आवश्यक सामग्री भण्डारण गृह बनाउने, उपकरणसहित विशेष टोली तयारी अवस्थामा राखिने पनि उहाँले बताउनुभयो । आगामी पाँच बर्षभित्र एक व्यक्ति एक परिचय रहने गरी राष्ट्रिय परिचयपत्र सबैलाई उपलब्ध गराउने पनि गृहमन्त्री शर्माले घोषणा गर्नुभयो ।

बन्द राजमार्ग आधा घण्टामा बल प्रयोग गरेर खुलाउने

गृहमन्त्री शर्माले राजमार्गमा सवारी आवगमन सहज बनाउन गृहमन्त्री शर्माले नयाँ योजना सार्वजनिक गर्नु भएको छ । यसरी सार्वजनिक भएका योजनामा बन्द राजमार्गको अवरोध हटाउने योजनालाई प्राथमिकताका साथ प्रस्तुत गर्नु भएको छ । ‘राजमार्गलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । राजमार्गमा जुनसुकै बहानामा हुने कुनै पनि अवरोलाई आधा घण्टा भित्र आवश्यकता अनुसार बल प्रयोग गरी सूचारु गरिने छ’, गृहमन्त्री शर्माले भन्नुभयो ।

सुरक्षाकर्मीलाई घरेलु कामदारको रुपमा दुरुपयोग नगर्ने
गृहमन्त्री शर्माले सुरक्षाकर्मीलाई आगामी दिनमा घरेलु कामदारको रुपमा दुरुपयोग हुने कार्य रोक्ने घोषणा गर्नु भएको छ । ‘उच्च पदस्थ सार्वजनिक पदाधिकारी, राजनीतिज्ञ, अवकाश प्राप्त पदाधिकारी र सुरक्षा अधिकारीलगाय व्यक्तिगत सुरक्षामा खटिने सुरक्षाकर्मीका सम्बन्धमा मौजुदा नितिलाई पुनरावलोकन गरी सार्वजनिक गरिनेछ’, गृहमन्त्री शर्माले भन्नुभयो, ‘सुरक्षा निकायका कर्मचारीलाई सुरक्षा बाहेकका अन्य काईमा खटाइने छैन र घरेलु कामदारको रुपमा दुरुपयोग हुने कार्यको अन्त्य गरिने छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.