हारेपनि हाम्रो औचित्य सकिएको छैन: थापा

हारेपनि हाम्रो औचित्य सकिएको छैन: थापा

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशी शक्तिहरु राप्रपालाई कमजोर बनाउन सक्रिय रहेको आरोप लगाउनुभएको छ । विदेशी शक्तिहरुकै कारण राप्रपाले पहिलो चरणको स्थानीय तहको चुनावमा अप्रत्याशीत पराजय भोग्नुपरेको बताउनुभयो ।

गृहनगर हेटौंडामा मंगलबार जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘नेपालको सनातन धर्म र राष्ट्रिय अखण्डता कमजोर बनाउन राप्रपालाई हराउने खेलमा विदेशी शक्ति लागेको छ ।' स्थानीय निकायको पहिलो चरणको निर्वाचमा अप्रत्याशित हार ब्यहोरे पनि राप्रपाको औचित्य समाप्त नभएको उहाँको भनाई छ ।

‘हामीले लिएको एजेण्डा र अडानका कारण राप्रपाको औचित्य बढ्दै गएको छ',उहाँले भन्नुभयो, ‘राप्रपा अब उग्र रुपमा आउनेछ ।'पार्टी एकीकरणपछि संगठन तल्लो तहसम्म पुग्न नपाउँदै निर्वाचनमा होमिनुपरेकाले पनि निर्वाचनमा हार ब्यहोर्नुपरेको उहाँको भनाई छ ।

अध्यक्ष थापाले लोकतन्त्रको आडमा ठूला तीन दलको सिण्डिकेट हाबी भएको आरोप लगाउनुभयो । ‘जनताले लोकतन्त्रको अनुभूति गर्न पाएका छैनन्',उहाँले भन्नुभयो, ‘भागबण्डामा तीनै दल मिलेका छन्, देखाउनलाई बेलाबखत बिरोध गर्छन् ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.