अर्को मेडिकल कलेजविरुद्ध पनि रिट

अर्को मेडिकल कलेजविरुद्ध पनि रिट

काठमाडौं : योग्य भएर पनि पीजी (एमडी/एमएस, एमडीएस) अध्ययन गर्न नपाएको भन्दै विद्यार्थीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजविरुद्ध सर्वोच्च अदालतमा रिट हालेको तेस्रो दिन भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसविरुद्ध पनि रिट परेको छ । विद्यार्थी छनोटको जिम्मा पाएको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले प्रवेश परीक्षा र 'ओपन काउन्सिलिङ' बाट योग्य ठहर्‍याइए पनि उक्त मेडिकल कलेजले भर्ना लिन नमानेको भन्दै पाँच जना डाक्टरले मंगलबार सर्वोच्चमा रिट हालेका हुन् ।

डाक्टरहरू कृष्ण तिमल्सिना, दिवस थापा, आभासबाबु तिवारी, सुमित धिताल, शर्मिला गुरुङ र विशाल आचार्यले सर्वोच्चमा रिट हालेका हुन् । रिटमा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, त्रिभुवन विश्वविद्यालय, त्यसको कार्यकारी परिषद्, आईओएमको डिन कार्यालय र त्यसका डिनलाई विपक्षी बनाइएको छ ।

नेपालका विभिन्न मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेका उनीहरू आईओएमले पीजी अध्ययनका लागि लिएको प्रवेश परीक्षामा पास भई 'ओपन काउन्सिलिङ' मा समेत छनोट भएका छन् । रिटमा भनिएको छ, 'अध्ययनका लागि योग्य भएको प्रमाणसहित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रुपन्देहीमा भर्नाका लागि जाँदा कलेजले कहिले डिनको कार्यालयबाट लिखित सूचना आएको छैन भन्ने, कहिले यही विषयमा अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै अल्झाउने र भर्ना नगर्ने दूषित नियतले पन्छाउने काम भयो ।'

सर्वोच्च अदालतले यसअघि पनि अधिवक्ता देवेन्द्र घिमिरेको रिटमा सुनुवाइ गर्दै आईओएमले ओपनहाउस काउन्सिलिङ गरेपछि मात्रै सम्बन्धित कलेजले विद्यार्थी भर्ना गर्नुपर्ने भन्दै अन्तरिम आदेश दिएको थियो । आईओएमको ओपन हाउस काउन्सिलिङबाट छनोट भएका विद्यार्थीले सम्बन्धित कलेजमा अध्ययन गर्न पाउनुपर्ने मागसहित दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले त्यस्तो आदेश दिएको थियो ।

कलेजको पठनपाठनमा असर नगर्न आदेश

योग्य भएर पनि पढ्न नपाएको भन्दै विद्याथीले सर्वोच्चमा एकपछि अर्को रिट दायर गरिहेका बेला भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा यसअघि नै भर्ना भइसकेका विद्यार्थीले पनि अध्ययन गर्न पाऊँ भन्दै रिट हालेको पाइएको छ । डा. ललितजंग शाहीले दायर गरेको रिटको सुनुवाइमा सर्वोच्च अदालतले असार २० गतेसम्म भर्ना भइसकेका विद्यार्थीको पठनपाठनमा असर नगर्न अन्तरिम आदेश दिएको थियो ।

भर्ना गर्न सात दिन थप

प्रवेश परीक्षापछि 'ओपन हाउस काउन्सिलिङ' बाट योग्यताक्रममा छनोट भएका विद्यार्थीले सम्बन्धित कलेजले भर्ना लिन नमानेको भन्दै सर्वोच्च अदालतमै रिट हाल्न थालेपछि आईओएमले ती विद्यार्थी भर्नाका लागि सात दिन थप गरेको छ । यसअघि असार १२ गतेसम्म विद्यार्थी भर्ना गरिसक्नुपर्ने सूचना जारी गरेको आईओएमले भर्नाका लागि म्याद थपेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.