परासीमा उत्साहजनक रुपमा मतदाता सहभागी

परासीमा उत्साहजनक रुपमा मतदाता सहभागी

नवलपरासी :  प्रदेश नम्बर ५ को परासी क्षेत्रका मतदाता बिहानैदेखि उत्साहजनक रुपमा मतदान कार्यमा सहभागी भएका छन् । तराई क्षेत्रका परासीमा दिउँसोको समयमा अत्याधिक गर्मी हुने भएकाले बिहान ६ बजेदेखि नै मतदाता आ-आफ्ना मतदान केन्द्रमा पुगेका थिए ।

परासी क्षेत्रका तीन नगरपालिका र चार गाउँपालिकामा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो ।

२ सय ४० मतदान केन्द्र र १ सय २० मतदान स्थलको सुरक्षाका लागि ४ हजार बढी सय सुरक्षाकर्मी खटाइएको छ । जसमा १ हजार २ सय नेपाल प्रहरी, १ हजार ८ सय म्यादी प्रहरी, ७ सय शसस्त्र र ४ सय ५० नेपाली सेना छन् ।

रामग्राम, सुनवल र बर्दघाट नगरपालिकासहित सरावल, प्रतापपुर, सुस्ता र पाल्हीनन्द गाउँपालिकामा कुल १ लाख ८३ हजार १३ जना मतदाताहरु छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.