अज्ञात समूहले फालेको बम भूँइमा नखस्दै हवल्दारले समातेपछि..

अज्ञात समूहले फालेको बम भूँइमा नखस्दै हवल्दारले समातेपछि..

दाङ : अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम एक प्रहरी हवल्दारले भूँइमा नखस्दै मतदान केन्द्र भन्दा बाहिर फालिदिएका छन् ।

सुन्दा अचम्म लाग्ने साहस प्रहरी हवल्दार दुर्गाबहादुर रानाले गर्नु भएको हो । मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेको बम रानाले भूँइमा खस्न नपाउँदै मतदान केन्द्रभन्दा बाहिर फालेका हुन् ।

अज्ञात समूहले फालेको उक्त बम हवल्दारले समातेर फालको दुई सेकेण्डमै पड्किएको थियो । हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

हवल्दार रानाले बम समातेर मतदान केन्द्र भन्दा बाहिर नफालेको भए मतदान स्थलमा क्षति पुग्ने भए पनि उहाँको साहसले कुनै क्षति नभएको प्रहरीको भनाइ छ ।

सुरक्षाकर्मीले उक्त मतदान केन्द्रका मतदातालाई निधक्क मतदान गर्न आग्रह गरेको छ । बम पड्किएपछि केही समय तनाव भएको भए पनि अहिले सामान्य अवस्थामा मतदान प्रक्रिया अगाडि बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.